मृत्युको सूचना
घरअगाडिको चेरीको रुखबाट झर्ने प्रत्येक पातहरूले मृत्युको सूचना दिइरहेका छन् । बोटमा रहेका गाढा हरिया पातहरूले जीवनको सूचना दिइरहेजस्तो पँहेला पातहरूले मृत्युको सूचना बोलिरहेका छन् । प्राचीनकालमा पँहेला पातको रङ हेरेर सन्यासीहरूले, सन्त तथा बुद्धपुरुषहरूले आफ्नो गाउन तथा चिवरको रङ छनौट गरेका कुरा कतै पढेको छु । जीवनबाट हरियो रङ बिदा भएर पँहेलिनु भनेको मृत्युको सूचना हो । यसरी पँहेलिएर झरेको पातले पनि मृत्युकै गहन सूचना दिइरहेको छ । त्यसै लाउत्सु महोदयलाई सुकेर हावामा उडिरहेको पातले बोधिसत्वको झलक दिएको थियो र ?

ब्वाँखोलाको बगरमा अविरल बगिरहन्थे पानी । पहाडका कुइनेटोलाई फन्को मार्दै खोलाले धेरै पटक बगरको ओल्लो कुनो, पल्लो छेऊ बग्दै आफ्नो साम्राज्य स्थापित गरेको थियो । दायाँबायाँ पहाडी शिखरका उजाड उचाइ अग्लिएका थिए धेरै माथसम्म । तिनमा कतै घना बोटवृक्ष थिए । कतै चट्टानका कहाली लाग्दा भीरैभीरका लस्कर । कतै पहिरो गएर खत बसेका पहाड देखिन्थे । बगरभरि काँसे घारी, बडेमानका गजधम्मे चट्टानहरू थिए । अनेक घुम्ती, कुइनेटा, दह र पट्यार लाग्दा मरुभूमितुल्य बगरहरू थिए ।
युग अनुसारका खोजी हुन्छन् । वैदिक युगमा दर्शनको खोजी भएथ्यो । उत्तरवैदिक युगमा भक्ति र द्वन्द्वको खोजी भयो । रामायणले भक्ति र महाभारतले खोजेको द्वन्द्वमय गूढ रहस्यका बारे यद्यपि खोजीको विषयातिरेक हुन सक्छ या सक्दैन विद्वत् वर्गबाट सन्धान जारी छ । वर्गतले भ्याएसम्म सबैले खोज्ने हो । खोजेमा पाइन्छ । नखोजेमा केही पाइँदैन ।
आम्दानी घटेको छ । महंगीले आकाश पाताल एक पारेको छ । भूकम्पले आम्दानी सुकायो । आम्दानीमै लागेको नाकाबन्दीले खर्च मात्र बढ्ने गरायो । जीवन नै उकुसमुकुस पारेको छ । दु:ख वारि ल्याएको छ । सुख जति नदी पारि तारेको छ ।
मान्छे अणु बीचको संगम हो । बेजोड प्रेम हो । अणुको मोल कति सोध्छौ यदि,तिमी मानवको रुपमा दानव हौ । म दिक्पाल छु । मेरा रौँ हमेशा ठाडाका ठाडै हुन्छन् । म दिक्पाल हुनुमा मुस्कान छ । हड्डी र मासुबीचको दन्ते मुस्कान । म आफूलाई अभागी भनू या बालिश । दुवैमा मेरो शिर अचल छ । मलाई मतलवको लवजसँग केको भय । अलङ्कारिक रुप ठोस सत्यको त्रुटी हो । मनबीच बस्ने ईश्वर जब जाग्दछ,नवीन जीवनको श्रीगणेश हुन्छ । आकारन्मुख रस जोगीको स्वप्ना हो र ? जोगीको भेषमा एक प्याला मुस्कान खोज्ने जुर्रत जसले गर्छ म त्यसलाई बुद्धको उपनाम दिन्छु । सायद मै मूर्ख हो कि सवालको धजिया उडाउँने ।
‘घरबेटी आमा ! ए घरबेटी बा !’ मेन गेटको ढोका ढक ढक गराउदै म कराएँ ।