Skip to content

वैयक्तिक निबन्ध

मृत्युको सूचना

घरअगाडिको चेरीको रुखबाट झर्ने प्रत्येक पातहरूले मृत्युको सूचना दिइरहेका छन् । बोटमा रहेका गाढा हरिया पातहरूले जीवनको सूचना दिइरहेजस्तो पँहेला पातहरूले मृत्युको सूचना बोलिरहेका छन् । प्राचीनकालमा पँहेला पातको रङ हेरेर सन्यासीहरूले, सन्त तथा बुद्धपुरुषहरूले आफ्नो गाउन तथा चिवरको रङ छनौट गरेका कुरा कतै पढेको छु । जीवनबाट हरियो रङ बिदा भएर पँहेलिनु भनेको मृत्युको सूचना हो । यसरी पँहेलिएर झरेको पातले पनि मृत्युकै गहन सूचना दिइरहेको छ । त्यसै लाउत्सु महोदयलाई सुकेर हावामा उडिरहेको पातले बोधिसत्वको झलक दिएको थियो र ?

श्रमको सरगम

म यतिखेर श्रममा खुलेको सौन्दर्यको अनुपम छटा हेरिरहेछु । जुनजुन चिजमा श्रमका स्वेदकण बीच्छिएका छन् ती ती चिजबाट अप्रतीम सौन्दर्यको रोशनी उठिरहेछ । सुन्दरता भनेको श्रमको लताकुञ्जबीच फुल्ने सुन्दर फूल हो । सुन्दरता ज्ञात अज्ञात श्रमको नादबाट सिर्जना हुन्छ । निख्लो मरुभूमिको कंकडपत्थरमा किसानले आफ्नो पसिनाको थोपा निचोर्दा लहलह हरियालीका अनन्त दृश्य उमारेको हुन्छ । बालुवामा रङ्गविरङ्गका फूल फुलाएको हुन्छ । सोह्र शृङ्गार गरी बुर्जामा खुट्टा पसारेर बसेकी मालिक्नीभन्दा जुठेल्नोमा काला भाँडा मस्काइरहेकी भाँडाको पिँध जस्तै काली फ्याने दमिनी मलाई किनकिन राम्री लाग्छ ।

अतिको खती

भनिन्छ अति गर्यो भने खती हुन्छ । आज म अति गर्नेहरूको खती भएका दृश्य चौतर्फी देखिरहेछु । यसको सबैभन्दा ताजा उदाहरण ज्ञानेन्द्र शाहको नारायणहिटीबाट नागार्जुन जङ्गलप्रवासको दृश्य लाग्थ्यो । गद्दी समालेपछि राजा ज्ञानेन्द्र अब सय-पचास वर्ष होइन यो देशमा हजार वर्ष शासन गर्लान् । किनभने उनको शानमान, चुरीफुरी र तामझाम हेर्दा फुच्चे नेपालको होइन; उनी त सकल ब्रह्माण्डकै चक्रवर्ती सम्राट हुन् । नारीगणलाई गोडाको पानी खुवाएको देख्ता उनी साक्षत् विष्णुऔतार भगवानै हुन् ।

अल्कोहलिक कि ओर्कोहलिक

दिनदिनै अल्कोहलिक बन्दै गएको समाजमा म आज अल्कोहलिक होइन, ओर्कोहलिक बन्नुपर्छ भनेर कुरा उठाइरहेको छु । लागू औषध अर्थात् नशाजन्य पदार्थले मेरो समाजलाई शनैः शनैः बेर्दै लगेको दृश्य टुलुटुलु हेरिरहेछु । मानिसहरू युगको चाहना र समाजको आवश्यकताले काममा व्यस्त रहनुपर्ने, काममै फँस्नुपर्ने अर्थात् ओर्कोहलिक बन्नु पर्नेमा त्यस्को उल्टो अल्कोहलिक अर्थात् लागू पदार्थमा मस्त भएर दुर्व्यसनीको शिकार बनिरहेका छन् । समाजको सबभन्दा ऊर्जाशील किशोर या युवा वयका मानिसहरूले जानेर नजानेर दुव्यर्सनीको शिकार बनिरहेका छन् । स्कुल पढ्ने उत्तर वाल्यावस्थाका नानीहरूदेखि कलेज पढ्ने, जागिर खाने र अन्य पेशाव्यवसायमा संलग्न मानिसहरू पनि अल्कोहलिक बन्दै गएको/दुर्व्यसनको शिकार हुँदै गएको तस्वीर मेरोसामु छ ।

अदृश्यमा छ जीवनको आकृति

जीवन अदृश्यमा छ । दृश्यमा थोरै चिज छन् । अदृश्यमा अनन्त चिज छन् । अबको दुई मिनेटपछि जीवनमा, जगत्मा के के घटना घट्छन् ? ती सबै कुरा अदृश्यमा छन् । भरे घट्ने, भोलि घट्ने समस्त चिजहरू अहिले नै दृश्यपटमा आउँदा हुन् त संसारको आन्तरिक व्यवस्था नै बिग्रने थियो । भोलिको जीवनको सम्मोहनकारिरहस्य आजै पटाक्षेप भएपछि जगत्को अदृश्य लयबद्धता सबै भताभुंग हुने थियो ।

आरने कामी र हजार आँखा

एकदिन अचानक बाटोमा हिँड्दै गर्दा ईश्वर हमाल दाइ भेटिए । उनी मादक रसले थोरै लर्बरिएका थिए । अक्सर गोधूली बेलामा भेटिने हमालदाइ मातेकै अवस्थामा हुन्छन् । फेरि प्रातकाल र दिवा समयमा भेटिने हमालदाइ विलकुल अलग खालका हुन्छ्न् । एक त उनको रसिक स्वभावले मलाई कता कता विमोहित गर्छ । अर्को कुरा उनी मातेपछि विन्दास तरिकाले बोल्न थाल्छन् । उनका शब्दमा शब्दाचमत्कार र अर्थाचमत्कारका अलङ्कारहरू बर्सिन थाल्छन् । अर्थात् उनी सोझो सपाट बाटो छोडेर बक्रोक्तिमा बोल्न थाल्छन् । उनी उपमामा अर्थ बुन्न थाल्छन् । श्लेषमा संवाद गर्न खोज्छन् । उत्प्रेक्षाका उखानहरू झिकेर हाँस्न बाध्य पार्छन् । आफूले खुद भोगेका जीवन अनुभवलाई रमाइलो पाराले सुनाउन थाल्छन् ।

ब्वाँखोलाको बगर

ब्वाँखोलाको बगरमा अविरल बगिरहन्थे पानी । पहाडका कुइनेटोलाई फन्को मार्दै खोलाले धेरै पटक बगरको ओल्लो कुनो, पल्लो छेऊ बग्दै आफ्नो साम्राज्य स्थापित गरेको थियो । दायाँबायाँ पहाडी शिखरका उजाड उचाइ अग्लिएका थिए धेरै माथसम्म । तिनमा कतै घना बोटवृक्ष थिए । कतै चट्टानका कहाली लाग्दा भीरैभीरका लस्कर । कतै पहिरो गएर खत बसेका पहाड देखिन्थे । बगरभरि काँसे घारी, बडेमानका गजधम्मे चट्टानहरू थिए । अनेक घुम्ती, कुइनेटा, दह र पट्यार लाग्दा मरुभूमितुल्य बगरहरू थिए ।

शम्भवामी युगेः युगेः

युग अनुसारका खोजी हुन्छन् । वैदिक युगमा दर्शनको खोजी भएथ्यो । उत्तरवैदिक युगमा भक्ति र द्वन्द्वको खोजी भयो । रामायणले भक्ति र महाभारतले खोजेको द्वन्द्वमय गूढ रहस्यका बारे यद्यपि खोजीको विषयातिरेक हुन सक्छ या सक्दैन विद्वत् वर्गबाट सन्धान जारी छ । वर्गतले भ्याएसम्म सबैले खोज्ने हो । खोजेमा पाइन्छ । नखोजेमा केही पाइँदैन ।

नैतिक भ्रष्टाचार

आम्दानी घटेको छ । महंगीले आकाश पाताल एक पारेको छ । भूकम्पले आम्दानी सुकायो । आम्दानीमै लागेको नाकाबन्दीले खर्च मात्र बढ्ने गरायो । जीवन नै उकुसमुकुस पारेको छ । दु:ख वारि ल्याएको छ । सुख जति नदी पारि तारेको छ ।

प्यारी ! घरदेखि टाढा डेरा थापेको छु । आजका कोपिला र भोलिका मुलुकका मेरुदण्डलाई बलियो बनाउन जुटेको छु ।

एकाध प्रश्न

रगत बगाउँदा पुगेन । ज्यानै दिँदा मन बुझेन । एकएक गर्दै एक दशकमा हजार–हजार मुटुहरू पड्किए । सिउँदो पुछिने र भाग्य मेटिनेहरू गनिसाध्य भएनन् । भोकानाङ्गाहरू अँझै रोगाए । मोटाघाटाहरू अँझै मोटाए । परिवर्तनको छेउटुप्पो देखिएन । साँच्चै उजाड वस्तीहरूमा लालुपाते र गोदावरी फुल्ने नामै लिएनन् ।

हैकमी परम्परा

जम्ला हात गरेर मात्र हुन्न । चाकरी–चाप्लुसीले मात्र पुग्दैन । द्रव्यदान गर्ने हिम्मत छैन भने ढोका नढकढक्याउँदै बेस हुन्छ । किनभने जति नून थपे पनि अलिनै हुन्छ । जति मिश्री घोले पनि तीतै बाँकीरहन्छ । जति भर्न खोजे पनि उसको झोला आधाको आधै रहन्छ ।

सुटबुट उसकै छ । मीठो–मसिनो उसकै थालीमा पर्छ । धाक–धक्कु र सोर्सफोर्स उसैले पालेको छ । तलदेखि माथिसम्म उसकै पहुँच छ ।

मुस्कानको बढोत्तरी (लघु निबन्ध)

गाउँघरमा लुम्रे नामले चिनिएको ऊ कमलो मनको छ । भरदिन सहरमा पसिना बेच्छ । दिन सिद्धिनासाथ घर फर्कन्छ । पत्नीले दिएको रुखोसुखो खान्छ । विस्तरामा पल्टन्छ । गरिबीले पोल्न थाल्छ । विचारहरू युद्धमैदानमा उत्रन्छन् । शरीर झन भारी हुन्छ । मन अस्थिर हुन्छ । कहिल्यै अघाउँजी जीवन नभोगी वित्ने हो कि भन्ने त्रासले तर्सन्छ । निक्कै बेरको गलफतीपश्चात् मन स्थिर बनाउँछ । र, सुनसान रातलाई अँगालो हालेर आनन्दमा डुब्छ ।

काउछोको माला (लघु निबन्ध)

हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी भने दिनानुदिन टुसाउँछौ । हामी अँझ चाम्रँदै होचिन्छौँ । तिमी भने उम्रेर झ्यागिन्छौ । तिम्रो बुद्धि पलाइरहेझैं छ । हाम्रो शुद्धि हराइरहेझैं छ । अरू बेला हप्काउँछौ; थर्काउँछौ; त्यत्तिले नपुगे तर्साउँछौ । तर, चुनावमा भने हाम्रो छाप लिन गुलिया आश्वासन वितरण गर्छौ । तिम्रो आश्वासनमा विश्वास गरी हामी मख्ख हुन्छौँ । र, अन्तिम पटक भन्दै आफ्नो नागरिक अधिकार तिम्रा नाममा हवाला गर्दिन्छौँ ।

2016-01-30 10

बा /हजुरबा/ म(निबन्ध )

फरक कति निस्कियो हिजो र आजमा !हिजो म सानो थिए,आज जवान छु र भोलि फेरि म अधबैंसे हुँदै वृद्ध हुन्छु अनि आजकै जस्तै कुनै एक दिन,कुनै एक बार,कुनै एक मिनेट,कुनै एक सेकेन्डको समय भित्र मेरो लिला सकिन्छ संसार बाट ! नसकियोस पनि,म जन्मदा हजुरबा बुढा थिय,बा तन्नेरी थिय अहिले हजुरबा बिति सके बा बुढा भएका छ्न र म तेहि बालक हुँ आज तन्नेरी भएको छु।

नाता

मान्छे अणु बीचको संगम हो । बेजोड प्रेम हो । अणुको मोल कति सोध्छौ यदि,तिमी मानवको रुपमा दानव हौ । म दिक्पाल छु । मेरा रौँ हमेशा ठाडाका ठाडै हुन्छन् । म दिक्पाल हुनुमा मुस्कान छ । हड्डी र मासुबीचको दन्ते मुस्कान । म आफूलाई अभागी भनू या बालिश । दुवैमा मेरो शिर अचल छ । मलाई मतलवको लवजसँग केको भय । अलङ्कारिक रुप ठोस सत्यको त्रुटी हो । मनबीच बस्ने ईश्वर जब जाग्दछ,नवीन जीवनको श्रीगणेश हुन्छ । आकारन्मुख रस जोगीको स्वप्ना हो र ? जोगीको भेषमा एक प्याला मुस्कान खोज्ने जुर्रत जसले गर्छ म त्यसलाई बुद्धको उपनाम दिन्छु । सायद मै मूर्ख हो कि सवालको धजिया उडाउँने ।

दुई र द्वन्द्व

संसार नै द्वन्द्वको उपज हो । द्वन्द्वबिना यस संसारमा केही कुरा संभव छैन । आफ्नो पक्षमा एउटा मानिसले जसरी अर्को पक्षलाई ल्याउन जोरजुलुम गरिरहेको हुन्छ अर्को पक्षको मानिसले पनि उसलाई उसको पक्षमा तान्न त्यसरी नै जोरजुलुम गरिरहेको पाइन्छ । सबैका आआफ्ना मूल्य र मान्यताहरू छन् । सबैलाई आफ्ना विचार र मूल्यमान्यताको हिसाबकिताब गर्ने स्वतन्त्रता छ । प्रत्येकले आफूलाई आफ्नो तवरले चित्त बुझाउन पाउनुपर्छ । आज व्यक्तिगत स्वतन्त्रताको पक्षमा ठूल्ठूलो स्वरमा सहरबजारमा नाराजुलुसको सेरगुल भैरहेको हुन्छ ।

साला ! दाल, भात, डुकु

भाषाको चिरहरण भैरहेका बेला म भनेँ परिभाषाको खोजीमा छु ।

परिभाषाको निख्खर मौलिक परिभाषा कस्तो हुन्छ ? अहिले तलासमा छु ।

जीवनका कैंयौं परिभाषाहरू मैले अँझै थाहा पाएको छैन । हिजोआज सर्वाधिक चल्तीको विषय नै परिभाषा हो । नयाँले पुरानालाई विस्थापन गर्छ । पुरानाले नयाँका लागि स्थान छोड्दैन । पुरानाहरू आफ्ना परिचय फालेर नयाँ हुन नसक्ने ।

SumanKhadkaSpandan

डेरा जिन्दगी

‘घरबेटी आमा ! ए घरबेटी बा !’ मेन गेटको ढोका ढक ढक गराउदै म कराएँ ।

‘को हो हँ ?’ भित्रबाट नारिस्वर प्रबाह भयो घरबेटीमा रहेछिन् ।

‘म कोठा खोज्दै आको यहाँ कोठा खाली छ रे हो ?’ मैले सिधै भनिदिए ।

‘घर कहाँ हो बाबु ?’ उनले भनिन् ।

विदित/अविदित

‘खोदा पहाड निक्ला चुहा’पोष्टाचार्य (विद्यावारिधि)ले पनि त्यति ज्ञान प्राप्त गर्छ कि गर्दैन आफ्नो थेसिस् पास भएपछि र डाक्टर लेख्न थालेपछिको खुसीयालीमा । समग्र पहाड खनेपछि मुसो निस्कियो । कति निराश भयो होला त्यो अविश्रान्त र अविदित अभियन्ता ? तर जीवनको सोपानमा निराशाले कबै स्थान पाउन सक्दैन । खोज्नेलाई थाहा नै हुँदैन । म के खोजिरहेको छु । मैले पाउने के हो ?

समादरणीय गुरुप्रति शब्दश्रद्धाञ्जली

गुरु ब्रह्मा गुरु विष्णु: गुरु: देवो महेश्वर
गुरु साक्षात् परं: ब्रह्म तस्मै श्रीगुरवे नम: ।

बेलुकी फेसबुक खोल्नेबित्तिकै मेरा आँखा फेसबुकका भित्तामा परे । मन खल्लो भएर आयो । मेरा प्रेरक व्यक्तित्वआदरणीय गुरु पुरुषेत्तम यादव नोबेल अस्पतालमा हुनुहुँदोरहेछ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरिएका अनगिन्ती शुभकामनाहरू प्रोफाइलभरि थिए । कमेन्ट बक्स खोलेँ । जसले मलाई जीवनहेर्न सक्ने आँखा, बुझ्न सक्ने चेतना दियो, त्यस्ता गुरुको स्वाथ्यलाभको कामना गर्दै मैले पनिशुभकामना सन्देश छोडेँ ।