Skip to content

alok

कामना एक ढड्डा संबिधानको

कामना एक ढड्डा संबिधानको

कामना एक ढड्डा संबिधानको,
जसमा
जनताको सम्रिद्धी होस, रैती नबनाओस
जात भाषा भूगोलको कित्ता नकाटोस, भाईचारा फैलाओस
“म-मेरो पार्टी र मेरा मान्छे”लाई मस्तिस्कबाट फालेर
“हामी-हाम्रो देश र हामी सबै नेपाली” देख्न सिकाओस,
जनताले दिएको मान- राज्यले दिएको शान नबुझ्ने
राता पासपोर्ट ब्यापारी बिरुद्द चेतनाको मशिहा लिएर आओस,
भोट् भन्दै जोडीने हात र घरदैलो धाउने गोडाहरु नथाकुन
दूर दराजको भावना-मर्मलाई आत्मसात गर्दै मुस्कुराओस यो संबिधान !

धिक्कार छ: हाम्रो आशिर्बादहरुलाई

आज एकाएक मध्य रातमा
सपनिको ढोका ढक्ढक्याउन आउनुभो मेरो हजुरआमा
सोध्नुभो: मलिन आवाज तर आत्म-विश्वाश रत्ती नघटाइकन
बाबु ! मेरा आशिर्बादहरु फिर्ता माग्न आएकी हु
देउ मलाई, सक्छौ फिर्ता गर्न ?
========================================

ध्रुबे, मेरो मनको ध्रुबतारा

बाक्लो चस्मा, गन्न मिल्ला जस्तो छिट्फूट दारी । गम्भिर, अझ भनौ चीर सोचमा हराएको मान्छे। आकस्मात हिजो मध्य रातमा टुप्लुक्क उदायो किरात बनौटको हट्टा-कट्टा आकृती, मेरो बाल सखा !
हामी सँगै खेलेर हुर्कियौ । एउटै थालमा खाना समेत खाएको सम्झना ताजै छ । बाहुनको बच्चा हुनुको कारण भान्छामा बर्जित या घरमा नपाक्ने तर मेरो प्रिय पक्वान, कोदोको कालो ढिँडो र कुखुराको मासु सँगै खाएको सम्झना ताजा भएर आयो मेरो मनसपटलमा । ऊ मेरो औधी नजिकको बालसखा हुनुको कारण भौगोलिक रुपले साँध जोडीएको घर, टोले केटाहरुमा धाक रवाफ जमाउन उपयोगी, बलिस्ठ बाहु भएको मेरो रक्षा कवच । अझै तेस माथि समाज-परिवारको मान्यता-बाहुनको बच्चा हुनुले जन्मजात पढाईमा अब्बल हुनुपर्ने मनसिकता बिपरित ऊ अब्बल थियो ! हामी सँगै परिक्षाको तयारी गर्दा दुबैको अंक उत्तम आउथ्यो । अलग-अलग तयारी गर्दा दुबैको खत्तम ! यसैले पनि हामीमा सकारात्मक प्रतिस्पर्धा थियो । त्यही मेरो बाल सखा आज गम्भीर छ मेरो सामुन्ने ! कता हराए खै उसका चनचलता, ओठको हाँसो र ठट्टेउलो मिजास ? बिहान सक्खारै देखी मेरो अद्ययन कक्षमा शोक मौनता साँधेर हराइरहेको छ, सेता कागजको पानाहरुमा थरी थरीका अक्षर भएर ।

देश दुख्दाको ५ चोइटा

१ ए-कता
काटी-कुटी, भाँची-चूँडी बाँड्ने हैन देश
खन्डित् मन् र मुटुहरू मिलाएकै बेश।।
बाँध्न सके मनको बाँध मन बिचार माझी
जीवन गल्छ मृत्यु सङग बाचौँ हाँसी-हाँसी ।।

२ बलिंदान्
जिन्दाबाद्, बुर्दाबाद्का चर्का आवाज्-नाराहरू
शहीद् खान्छन् बीर-गती, खेती तिम्रा अवाद् अरु ।।
सात्-सत्र-सैँतीस् हुँदै लोक्तन्त्र भाक्दै हिँड्यौ
नेता डुबे ऐयाशीमा, चकनाचूर् भै “तिमी” टूटेयौ।।

मलाई घात गर्यौ आज

तिम्रो चोखो पिरतीले साथ दिने गर्थ्यो मलाई
तिम्रै मिठा भावनाले उर्जा थप्ने गर्थ्यो मलाई
सँङै पिउ, सँङै जीउ भावनाको उर्जा भर्दै
लड्खडाउदा नाजुक यो मन गन्तब्यमा लग्थ्यौ मलाई

मलाई त्यगी पराइको अङगालोमा सर्यौ आज
बिश्वासमा धोखा धडी मलाई घात गर्यौ आज
छोडी माया जङ्घारमा एक्लै नदी तर्यी आज
मेरा सारा खुशी जलाई नयाँ दियो बाल्यौ आज

जोड घटाउ र शकुनीहरु

नील गगनमा फड्फडाउदैका
सेता परेवाका पंखेटाहरुमा
क्रान्तिको होली-रंग बर्षाउने ययाबर अनि
बारुद, गुलेली र ब्याधाहरु बीच
शान्तिको म्रिगत्रिश्णामा बाचेकोछु म ।
हाम्रो शान हो बीरता
आत्मसम्मान-हिमाल भन्दा उच्च छ
रंग-बिरंग फुलको माला – अनेकतामा एकता
अर्जून निशान फगत ”तपस्या” हो
‘हिंशा’बाट काँहा, कहिले र कस्लेपो जितेकोछ र ?

दूर देश बिरानोमा

  • by

दूर देश बिरानोमा थीर छैन छाती हजुर्
सम्झनाका लहर फूट्छन पीर ब्यथा भाती हजुर्

कुण्ड कुण्ड पानी भन्छन मुन्ड मुन्ड बुद्धि
बिनाशका कहर टुट्छन झीर सङ्घिन काटी हजुर

जबान छोरो मुग्लान पस्यो मलामी भो खाचो
किशानीका नहर सुक्छन बीज अनाज थाती हजुर्

बिस्मृतिका डोबहरू

  • by

भीडै भीड, कोलाहालमा सप्तरङी फूल फूल्यो
अस्ताचलको निशाभित्र तिम्रो यादको दियो बल्यो
कल्पनामै हराइदिन्थे आस्था विश्वास गौरव बड्थ्यो
संगीत-ताल, फेर्ने स्वास तिम्रै छाया पछ्याइदिन्थ्यो

एक्लो पन्लाई टाढा फाली आफैलाई फैलाइरहे
तिम्रो यादमा हराउने- रोगलाई बल्झाइरहे
टोलाउने लोलाउने बिबश्ताको अन्त्य गर्न
चिट्टै आउन मेरो समिप सुख दु:ख भाव साट्न

‘ओबोन् नो ही’ अर्थात – सोरह श्राद्ध

पछाडि यात्रुहरू आफ्नै दूनियामा मस्त छन् । मेरो मनमा आफ्नै ज्वारभाट छ । बिगतलाई फेरी सँझिए । भर्खरै नाता जोडिंदा मेरी श्रीमती साँच्चै आदर्शकी राजकुमारी थिईन । फरक जाती- धर्म र सँस्क्रीति बीचमै पनि हामि खुशि थियौ । सानैछँदा दादुराको प्रकोपले दाग भरिएको अनुहार भन्दा धेरै सुन्दर थियो उनको सरलता र ब्यबहारिक पाटो । तर आज समयको अन्तरालमा उन्ले गुमाईन् या मैले खोज्न जानिन ? पाउनै सकेको छैन उनका ती सुन्दरतम गूँणहरू । बिस्तार बिस्तार परिबर्तनले गाँज्दै लग्यो ……

SeetaSharma

अठोट

क्याम्पसबाट थकित अनि भोकी शोभना आफनो कोठामा प्रवेश गर्नासाथ झोला फ्यात्त टेबलमा राखेर आफ्नो पलङमा डङ्गरङग पल्टिन्छिन् पुरै जीउ छाडेर । मानौ पलङले उसलाई सम्हाल्न आउँनेछ र आफ्नो काखमा राख्नेछ थकाइ मेटाइदिनको लागि । उसलाई आफ्नो कोठा यति प्यारो लाग्छ कि कुन‍ै कुरासँग सम्झौता गर्न चाहदिनन् । शोभना, ए शोभना ! हैन यो कलेजबाट आएकी जस्तो लागेको थियो । हैन कि कया हो? ए रामु ! हेर त, दिज्यू कोठामा हो कि हैन? आमु दिज्यू त यही आइसकिस्यो रामु भन्दै थियो ।

शोभना के भयो तँलाई? अनुहार मलिन छ नि ! किन सन्चो भएन कि? प्रश्न माथि प्रश्न राख्दै हुनुहुन्थ्यो आमुले । तर शोभना भने मलिन रुपमा नै जबाफ दिदै थिइ- हैन आमु त्यस्तो केही हैन । मात्र थकाइले हो । तँलाई मन पर्ने तरकारी पकाएकी छु-मटन पनिर, मासको दाल र गोलभेंडाको अचार । आज किन हो कुन्नि, शोभनामा कुनै‍ उत्तेजना नै छैन । सबैलाई खाना तताएर थालमा पस्केपछि मात्र खान आउँछन् । तर शोभना भने सकेसम्म आफ्नो काम आफैं गर्न रुचाउने स्वभावकी भएकीले सबै आफैंले तताइन् अनि टेबलमा खान बसिन् ।

गजल

रगत पोखी माटो मुछे सुन्य-सुन्य हातलाग्यो
महल,गाडी,भत्ता बुझे शहिदहरुको खात लाग्यो

केको झरी- केको बर्षा पसिनाले बीज भिज्यो
इज्जत लुटे, सम्मान लुटे झुठै झुठको बात लाग्यो

लेख्नलाई मनमा चोट

लेख्नलाई मनमा चोट पर्नै पर्छ भन्ने छैन
मायाँ आँक्न चन्द्रमा त झर्नै पर्छ भन्ने छैन

मदिराको हैन नशा नयनतालमा झ्वाम्म डुब्दा
मन यो जल्यो शितल बर्षा छर्नै पर्छ भन्ने छैन

विदेशमा भासिएको सपना र हाम्रो शिक्षा

मातापितालाई सन्तति आवश्यक पर्ने बुढेसकालमा सहारा होला भनेर हो । नत्र किन चाहियो सन्तान ? मरणान्त हुंदा पनि फर्केर हेर्दैन, सम्झंदै सम्झंदैन । अझ बोलाउंदा पनि आउंदैन । डाक्दा गुहार्दा पनि सुन्दैन । अन्य मुलुकमै मोजमस्तीमा बसिरहन्छ । यहां मातापिता पानी खान दिने मान्छेसमेत नभएर अकालमा मर्दछन् । जतिसुकै धेरै पढोस्, जतिसुकै धन कमाओस्, जतिसुकै नाम कमाओस् । आफ़्नो जन्मभूमि र जन्मदाताप्रति कृतज्ञ छैन भने त्यसको सम्पूर्ण वैभवलाई धिक्कार छ, ती सब बेकार छ ।

उल्टो बुद्धिका मुर्कट्टाहरु

तँ दिएर तपाइँ खोज्ने
रोग दिएर ढोग खोज्ने
लात दिएर हात खोज्ने
रस चुसेर जस खोज्ने
शङ्का दिएर विश्वास खोज्ने
अन्धा आवेगहरुमा
यौटाको बदला अर्कासित लिने
झिनो चलाखीका चलाख
कस्ता कस्ता नकच्चरा
राक्षसी हाँसो हाँसिरहेछन्
उल्टो बुद्धिका मुर्खट्टाहरु ।

‘भाते’ भन्नेलाई ‘ज्यू’

तिनताक म एयरपोर्टमा जागिर खान्थेँ । जागिर पनि के भन्नु र! महिनाभरि काम गरेपछि हजार पन्ध्र सय पाइन्थ्यो होला, दिनभरि त्यतै जान्थेँ । पद भने मेरो ठूलै थियो- सुपरभाइजर । एउटा ट्राभल्स व्यवसाय सञ्चालन गर्ने संस्थाको कर्मचारी प्रतिनिधिका रूपमा म त्यहाँ थिएँ । त्यो संस्थाले एयरपोर्टमा पोर्टर सेवा सञ्चालन गरेको थियो । जहाजबाट यात्रा गर्ने यात्रीहरू बाहिर जाँदा र बाहिरबाट आउँदा तिनको सामान पोर्टबाट भित्र पुर्‍याउने र बाहिर निकाल्ने कामका लागि करिब सय जना मान्छे खटिएका थिए । ती सय जना मान्छे पनि मैले काम गर्ने संस्थाकै जागिरे थिए ।

नयाँ सडकमा एकाएक भुइचालो गएको दिन

  • by

अबिरल बग्दै गरेको इन्द्राबती टक्क अडिएको दिन
सातै सूर्यको एकैचोटि ज्योति गुमेको दिन
लाहुरे भैंसी तुहेत्रो गएको दिन
नयाँ सडकमा एकाएक भुइचालो गएको दिन
बुद्धका अर्ध मुद्रित आँखाहरू अचानक बन्द भएको दिन

एक्लो बृहस्पति

  • by

दाँया हेरे – बाँया हेरे, अनुहार त सबै गोरा
कपट्-कुटिल, असल्-भला, थरी थरी रुपरङ भा

गरौ न हो केही गरौ – देश लाई उठाउँ माथि
जिब्रो तिखो – भाषाण मिठो, कुटिल रैछन तिम्रा जुङ्गा

“गौरब गर्छौ आफ्नै शानमा, घमण्डी त हैनौ है…”

स्वइच्छिक शरणार्थी भएर देश्बाट टाढिएपछी देश प्रेम त अझै गाढा हुने रहेछ । छुट्टीको एउटा आईतवार इन्टर्नेट मार्फत देश खोज्दै थिए । शिर्शकमा भएको म्रिदुल मर्मस्पर्शी लयले तान्यो मलाई । हो यो रचानाको सिर्जना धर्म र सिर्जना काल फरक छ । यो धेरै अगाडि जन्मेर भूत भईसक्यो । तर अझै पनि लय र मर्मले यस्को चिरायु कायमै छ। बारम्बार नेपाली हुनुले ढक्क फुल्ने मेरो छाती अझै गर्भिलो महसुस गरे यो लय र पुर्खाको त्याग सम्झेर ।

टोकियोमा लक्ष्मी जयन्ती – रचना आवहानबारे सूचना

बिगतमा जस्तै यस बर्ष पनि अनेसास जापानको आयोजनामा टोकियोमा लक्ष्मी जयन्तीको आयोजना हुन गैरहेको कुरा समाजका अद्यक्ष्य बेलु थापाले जानकारी गराउनुभयो।