Skip to content

bluesky

पीडादायक सुख

मेरा जीवनका पाईलाका चालहरू किन कहाँ मोडिदैछन
आज
सुखमय जीवनको आकान्छाको मोहमा किन
यताउता भौतारिरहेको छ जीवन
लाग्छ आज निश्चित सुखभोग प्रप्तिका निमित
पीडामुखी संघर्ष सङ्गको युद्धका निमित किन उन्मत
छ जीवन
थाहा छ त्यहाँ पीडा छ तर
पनि पीडा भित्रका केही सुखभोग प्राप्तिका लागि किन

गंगामाथि बगिरहेको आस्था

मेरो जन्म
फकताङलुङ हिमालको फेदीमा
तान बुन्ने महारानी युमाबाट
यहि माटोमा भएको हो।
तिम्रो जन्म
काशी गंगाको भु-भागमा
राम,कृष्णको भजन गाउने
पन्डितनी बोजैबाट भएको हो।

लोकतन्त्र पोइजन

हरन लगाउँदै कुम्मायक कुस्सायकलाई
फिकुले डाँडा थर्किने गरी
नाच्दै ‘उलाला…उलाला’
आइपुग्यो गाडी !
स्वप्नमा गाडी देख्दा कुम्रेक लाग्ने
गाउँमा
यसपल्ट त
साँच्ची गाडी आइपुग्यो गाडी !

लिम्बूजातिमा ढुंगा कानुन

अहिले न्यायका लागि मिलापत्र बनाउनेदेखि अदालत
जानेसम्म चलन छ। उहिले भने
कचहरी बसी ढुंगा
गाडेर न्याय दिलाउने गरिन्थ्यो। आदिम सभ्यताको न्यायिक
कार्यमा ढुंगाको उपस्थिति लिम्बू जातिमा आजसम्म
पनि भेट्ने गरिन्छ।
कुनै व्यक्ति, परिवार, जाति, समुदाय,
सम्प्रदायको जीवनमा उनी
हरूको परम्पराले गहिरो प्रभाव
पारेको हुन्छ।
उनीहरूको परम्परागत विश्वासले
समाज बाँध्न रीतिरिवाज निर्माण
गरेको हुन्छ। हिजोको सामाजिक
विकासमा कसले के गर्दा हुने, कसले के
गर्दा नहुने जस्ता सामाजिक व्यवहार
रीतिरिवाजमा भेटिन्छन्। जब
रीतिरिवाजलाई समाज विकासले संक्रमण
गर्छ अनि त्यस्ता रीतिरिवाजलाई

चोक चोकमा अनौठा

चोक चोकमा अनौठा अनौठ, दोकान भेटिन्छन्।
ओँठ ओँठमा अचेल किनिएका, मुस्कान भेटिन्छन्।।

को भन्छ नीति नियम कानुन, क्यै छैन यहाँ?
हात हातमा आफै लेखिएका, विधान भेटिन्छन्।।

कविता

आकाशले निलो पच्छयौरि ओढेको दिन एक हुल
ताराहरू पहाडले छेकिदै भूमिगत भएछन
बादलको बगैचामा इन्द्रेणी फुलेछ एक अनुहार
युगको विम्ब खोलाले रङ्ग कोरेछ !
त्यही समय जन्मिएछु म