bluesky
बूई चढेर ….
बुई चढेर माथी पुग्ने तालो छ कि हेर्दै गर।
तिम्रोपनि मन्त्रि हुने पालो छ कि हेर्दै गर।
नाताबाद र क्रिपाबाद छदै छ नेपालमा।
दाजु भाइ ससुराली सालो छ कि हेर्दै गर।
को को कस्तो रैछ भनी चियाएर हेर्नलाई
तिम्रो अघी आँखिझ्यालमा जालो छ कि हेर्दै गर।
हाम्रो सिँह दरबारमा कस्तो रङ चाहियो त
रातो सेतो हरियो कालो छ कि हेर्दै गर।
देशको बिकास पर्दैन नेता पालो हुँदा हुन्छ
अब आउने छालो भालो ठालो छ कि हेर्दै गर।।
जुदायौ आखा बुझ्न थाले मनको भावना
जुदायौ आखा बुझ्न थाले मनको भावना
ए परदेशी नलेखी देउ अनाम ठेगाना
हासौ की बोलौ लाग्ने मनको तिर्सना
गारो पर्दो रहेछ सजिलाई बिर्सन
बढ्न थाल्यो ढुकढुकी मनको चाहना
ए परदेशी नलेखी देउ अनाम ठेगाना
हात देउ संगै जिन्दगीको पहाड चढौला
एकै गन्तव्यमा जीवनको यात्रा गरौला
जुराई देउ देउराली यो मनको लहना
ए परदेशी नलेखी देउ अनाम ठेगाना
- « Previous
- 1
- 2
- 3
- Next »

१)
१.