Skip to content

गंगामाथि बगिरहेको आस्था


मेरो जन्म
फकताङलुङ हिमालको फेदीमा
तान बुन्ने महारानी युमाबाट
यहि माटोमा भएको हो।
तिम्रो जन्म
काशी गंगाको भु-भागमा
राम,कृष्णको भजन गाउने
पन्डितनी बोजैबाट भएको हो।
तिम्रो बुबा गाऊमा
निकै बुद्धिको तेजाप थियो रे
यहि बुद्धिमताबाट
बुर्किको नस्लिय चेतबाट
तिमी म संग खेल्न पायौ।
संगै गुच्चा खेल्यौ
बाख्रा चरायौ
तिमी/र/म {
डन्डि बियो खेल्यौ
एउटै बेन्चमा बसेर पढ्यौ।
हुर्कदै बढदै ठुलो भयौ।
अनि
जब गोर्खाभर्तिको
तिमी/म/ऊनेरू बसेर
त्रिपक्षिय संझौता भयो।
महरु..
आगोको भुप्रोमा 1,2,3
लेफट राईट लेफट
खेले/र/आधा जीवन बिताए
अहिले जसो तसो जिबिका चल्दैछ।
तिमी
सानै देखि छलनीति,कुटनीति
जान्ने मान्छे,नेताको झोला बोक्यौ
बुबा -मन्त्रि
जेट्ठा दाइ- खरदार
तिमी -चिफ
भाई -पिउन
अब भन??
देशको सबै तहमा
देश बनाउने जिम्मा
तिमीहरुको थियो।
तिमीहरू मोटाऊदै गयौ
देश मरनच्यासे बन्दै गयो।
तर/यस प्रश्नको/अनि
देश/परिस्थिती/कालको
जिम्मा तिमी किन लिदैन्???

यहि माटोको
पन्चतवत्वमा जन्मेको
यहि मर्छु/गाड्छन मलाई
मासु > माटोसंग
हड्डी> ढुगासंग
स्वास> हावासंग
पानी > पानीसंग/र/
ताप > तापसंगै
उडछन् यहि सबै पन्चतवत्वहरू
/र/मिलनेछन् आफनै तवत्वमा।
तर
तिमी मर्छौ
तिमिलाई जलाउछ,
अनि तिम्रा अस्तुहरु
काशी गंगामा बगाउछ।
नभए काशी गंगामा अस्तु पुर्याउछौ।
यसबाट
के थाहा हुन्छ भन्ने
माटोमा
हावामा
तिमी यस >{ पानीमा > }बिश्वास छैन्।
ढुगामा
तापमा
त्यसैले
यस माटोलाई दुहाई मात्र गरि रहेछौ,
देशको ढुङ्गा/माटोको ब्यपार गर्छौ,
देशको नदि/नालाको ब्यपार गर्छौ,
देशको बन/जगलको ब्यपार गर्छौ,
देशको सिमा/मानबताको ब्यपार गर्छौ।
किनकी
तिम्रो आस्था
गंगासंगै काशीमा बगि रहेछ।
हो,
तिम्रो
अनुहार लाम्चो छ,
आँखा गाडिएको ठुलो छ,
नाक लामो छ,
छातीमा रौ छ।
तर/मेरो
गोलो अनुहार छ,
थेप्चो नाक छ,
चिम्से आँखा छ,
छातीमा रौ छैन्।
हामी बिचमा मिल्ने
कपाल/रगत एउटै कालो/रातो छ,
एक-आपसमा साथी
संगै खेलेको/पढेको/बसेको।
तर,
किन
मेरो ब्याथामा/कथामा/पिडामा
भाषामा/अधिकारमा/धर्ममा
मुक्तिमा/लडाईमा/ईच्छामा
किन चासो राखेनौ?
कहिल्यौ खोजेनौ/सोधेनौ??
त्यसैले/म
कसरी बिश्वा गरौ?
तिमीलाई एउटा असल साथी भनेर??
तिमी/र/म>मा
यहि फरक देखि रहेको छु।
यहि फरक भेटी रहेको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *