मेरा जीवनका पाईलाका चालहरू किन कहाँ मोडिदैछन
आज
सुखमय जीवनको आकान्छाको मोहमा किन
यताउता भौतारिरहेको छ जीवन
लाग्छ आज निश्चित सुखभोग प्रप्तिका निमित
पीडामुखी संघर्ष सङ्गको युद्धका निमित किन उन्मत
छ जीवन
थाहा छ त्यहाँ पीडा छ तर
पनि पीडा भित्रका केही सुखभोग प्राप्तिका लागि किन
आतुर छ जीवन
पीडामुखी फैलिएका जालाहरूद्वारा निर्मित
महलका राजा बनी किन सुख साच्न खोज्दैछ
जीवन
मान्दिन थिए जीवन संघर्ष हो भनी तर
लाग्छ आज संघर्ष भित्रको आकान्छा नै रहेछ
जीवन
संघर्ष भित्रको आकान्छाहरूमा हराउँदै आदर र मायालु
भावनाहरूले गरिने सेवाका व्यवहारहरूमा रम्नूनै रहेछ पीडादायक
सुख जीवन,
मेरो जीवन,हाम्रो जीवन
