बिनायो बजाउदै, मर्चुङ्गा बजाउदै-बजाउदै,
कहाँ हिड्यौ ए सिम्मा ! त्यसै लजाउदै-लजाउदै
खोल जस्तै बत्तिएर, जाँदै छौ कि पराई गाउँ
गाउँमै बस्न सक्दैनौ र, हासीखुसी रमाउदै-रमाउदै
तिमीसँगै नारिएर, नसकुला कतै भागिजान,
तैपनि त राखौला नि, यो दिलमा सजादै-सजाउदै
