पियारा नहुँदा ढलेन रात यो
सिद्धिदै प्रहर चलेन रात यो
फेर्दैछु कोल्टे याँ भिज्दैछ सिरानी
तैपनि सिङ्गै छ गलेन रात यो
सधैं भो अध्यारो बिछोडमा शयन
पूर्णिमा भएर बलेन रात यो
बोलेथेँ प्रियतम निदैमा झस्किएँ
सपना त्यस्तो ले छलेन रात यो
बिते त समय टुङ्गिन्थ्यो प्रतिक्षा
क्षितिजमा लालीले जलेन रात यो
मझेरीमा प्रथम पटक प्रकाशित मिति : 2012-07-19 12:40:21 +0900
