Skip to content

आँखा आँखै कुरा भए आज


कसैसँग आँखा आँखै, कुरा भए आज
नबोले नि मनको बात, पूरा भए आज

जवानीमा नपिउँदै, कस्तो मात लाग्यो
छड्के नजर लठ्ठै पार्ने, सुरा भए आज

लमी किन चाहिन्थ्यो र, दुई मन मिल्दा
नयन आँफै कुरा छिन्ने छुरा भए आज

दाँया आँखा थोरै चिम्ली, के झिम्केको थिएँ
किन्नै पर्ने सिन्दुर पोते, चुरा भए आज

हिजै जस्तो लाग्छ दिन, कत्ति चाडै बित्यो
बाबा आमा भन्ने हाम्रै, भुरा भए आज

बुद्धि मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *