Skip to content


किन आयौ सपनीमा प्यासी बनेर
उष्ण ओठ न्यानो माया देऊ न भनेर

काम सकी घर आएँ साँझ ढल्दै थियो
थकित ज्यान सुस्ताउदा दिल गल्दै थियो
एकैछिनको नीदमा आयौ प्यासी बनेर
उष्ण ओठ न्यानो माया देऊ न भनेर

हाँस्न पनि हास्यौ तिमी बोल्न पनि बोल्यौ
बिपनीमा जस्तै गरी हृदय तिम्ले खोल्यौ
निद लुट्न आयौ तिमी प्यासी बनेर
कोमल मुटु न्यानो माया देऊ न भनेर

किन आयौ सपनीमा प्यासी बनेर
उष्ण ओठ न्यानो माया देऊ न भनेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *