साथीसंगी हुल छुट्न, तर्के जस्तो गर्नु
केही बिर्सी सम्झी लिन, फर्के जस्तो गर्नु
फर्की तिमी आएपछि, अधर चुम्छु मैले
सर्माउदै त्यती बेला, झर्के जस्तो गर्नु
हतारमा यात्रारत छौ, खुट्टा ठेस लग्ला
काँधै हाली थेग्छु म चै, मर्के जस्तो गर्नु
बैश हुँदा छोए मात्रै, प्यासी ताप बढ्छ
शान्त पार्न सितल, जल छर्के जस्तो गर्नु
सँगै रात ढाली हामी, उठ्दा प्रभातमा
अरु सामु वान्ता भए, सर्के जस्तो गर्नु
-बुद्धि मोक्तान
