माया छैन भनुँ भने, यो मुटु मा के चै बस्यो
सम्झे मात्रै खस्छ आँसु, बुझ्दिन म किन खस्यो
बैश चढ्यो लाली गढ्यो, या त कुनै टुना मुना
झस्किन्छ यो देब्रे कुना, फूल हो कि काँडा पस्यो
यो जूनीको तिम्रो माया, मै त हुँ नि भन्छु भनेँ
खोलिएन मनको गाँठो, भित्र भित्रै के ले कस्यो
लाली चढ रङ्ग छर, अनि लिन आउछु भन्थे
पराइ चरी फुर्र उडी, कुन जालीमा फस्नु फस्यो
माया छैन भनुँ भने, यो मुटु मा के चै बस्यो
सम्झे मात्रै खस्छ आँसु, बुझ्दिन म किन खस्यो ।
-बुद्धि मोक्तान
