मन्दिरमा धुप बत्ती डढाई के हुन्छ र ?
जन्तु मारी रगत वलि चढाई के हुन्छ र ?
सुद्ध छैन भित्री मन मन्दिर सिगार्नेको
ध्वजा पत्ता देव लिङ्गो ठड्याई के हुन्छ र ?
ढल्छ त्यही मानवता हत्यारो भई प्राणी
टागो हाली गजुर अनि अढ्याई के हुन्छ र ?
जानु हुन्न खाली हात दर्शन गर्न भन्दै
लाखौं भेटी मन्दिरमा सढ्याई के हुन्छ र ?
नयाँ युगका मान्छेहरू मंगल छुने बेला
हरे! शीव! दन्त्य कथा पढाई के हुन्छ र ?
कस्ले देख्यो ? साचो देव ढोके दरिद्रलाई
दिन्न भिख खाली हात बढाई के हुन्छ र ?
