एकताको लहरा मै, फलेका छौ तार्लाङ्तुर्लुङ ।
जातिजाति द्धन्द भइ, खस्नु हुन्न खार्लाम्खुर्लुम।
कोही बाहुन कोही लिम्बू, राई भित्र थुलुङ कुलुङ
जता हामी जे भए नि, नेपाली कै भार्लाङ्भुर्लुङ ।
काटे बग्छ रगत रातै, जुनै जातको तातो तातै
फरक देख्ने डुब्छ आँफै, त्यै रगतमा चार्लाम्चुर्लुम।
संयौ थूँगा उनिएर, सझेँको यो सुन्दर नेपाल
भाईचारा टुटे फुट्छौ, सिसा जस्तै छार्लाम्चुर्लुम ।
ज्ञान सिप “बुद्धि” छरी, सजाएमा मेची काली
अस्तित्वको शान्त ध्वनि, बज्छ सधैं कर्ल्याङ्कुर्लुङ ।
बुद्धि मोक्तान

dami chha gajl ekatako
dami chha gajl ekatako sandesh badhaai moktaan jhi
सुन्दर
सुन्दर गजल सर
यस्तै ऱचनाहरू कोर्दै जानुहोला शुभकामना छ।
daami laagyo gajal moktan
daami laagyo gajal moktan sir!!