Skip to content

यो छाती तिम्रै हो


यो छाती तिम्रै हो सुस्ताउ प्रिय
उदाई यसैमा अस्ताउ प्रिय ।

बाँधेर मायामा अरुले लगे
तिम्रो हुँ तानेर खुस्काउ प्रिय ।

अथाह माया छ यै छाती भित्र
रितिन्न चुमेर पुष्टाउ प्रिय ।

भुलेर चाहना म सुते भने
सम्झाइ तिमीले उक्साउ प्रिय ।

यी नयन काफी छ छोड ती ऐना
हेरेर मुसुक्क मुस्काउ प्रिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *