Skip to content


पर्ख है आमा ! क्रान्तिमा छोरा, गाडेको आउँछ कि ?
सिस्नुले हानी, ढुकढुकी हुँदै, छाडेको आउँछ कि ?

बिठ्याँई गर्‍यो, यो देशमा कस्ले?, लत्रियो शीर यो
सागबारी संम्झी, ध्रुबेले जस्तै, माडेको आउँछ कि ?

खै कस्ले जित्यो, क्रान्तिको खेल, हामीले जितेनौ
तैपनि हरेश, नखाउ आमा ! हारेको आउँछ कि ?

धर्तीको गर्भ, खाडलमा परी, चिसोले काँप्दा उ
छाडेको काख, सम्झेर फेरि, ढाडेको आउँछ कि ?

मारेर मान्छे, क्षतिको पूर्ती, रित्याउदा ढुकुटी
नलिनु दाम, सपुतकी आमा ! बाडेको आउँछ कि ?

– बुद्धि मोक्तान

1 thought on “सपुतकी आमा”

  1. साह्रै मन छुने गजल गजलकार
    साह्रै मन छुने गजल गजलकार बुद्धि मोक्तान सर लाई धेरै धेरै धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *