Skip to content

बहानामा के छ कुन्नि


बैश छदै तर्किने को, चाहनामा के छ कुन्नि
आज हैन भोलि भन्ने, बहानामा के छ कुन्नि

थालीभरि फूल बोकी, मन्दिरमा देख्छु सधै
मुर्ती ढोगी मिल्ने त्यस्तो, प्रार्थनामा के छ कुन्नि

रुप हेर्‍यो रुपै राम्रो, बोली चाली खुबै राम्रो
आवरणले नबताउने, भावनामा के छ कुन्नि

भेट पछि छुट्ने बेला, राम्रो सग जाउ है भन्छिन्
बुझ्नै गार्हो त्यो दिलको, कामनामा के छ कुन्नि

पिरतीको बास गरे, सुख भोग हुन्छ भन्दा
छाडी गए प्रेम बस्ती, रमानामा के छ कुन्नि

-बुद्धि मोक्तान ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *