devicharan_bhandari
मलाई माया गर्छु भन्नेले…
मलाई माया गर्छु भन्नेले…..
मलाई माया गर्छु भन्नेले अर्कैसंग माया लाईछन्
हिजोसम्म अाफ्नै थिएँ म आजदेखि पराई ठानिछन्
जीवनको गोरेटोमा संगै हिड्ने कसम खाएर
घाँस दाउरा मेलापातमा पिरतीको गीत गाएर
बिताएका पलहरुलाई खेलौना झैँ तिन्ले मानिछन्
हिजोसम्म अाफ्नै थिएँ म आजदेखि पराई ठानिछन्
ठेसलागि लड्दा उनी हात समाई कति उठाएँ
उनकै लागि यो ज्यानले हत्केलामा ठेला फुटाएँ
भित्री मन्ले पुजा गर्दथिन् आज अर्कै देउता मानिछन्
हिजोसम्म अाफ्नै थिएँ म आजदेखि पराई ठानिछन्
सौदावाजी हुन थाल्यो कि माया किन यति सस्तो भो
खै कसरी चित्त बुझाउँ सम्झदा नि कस्तोकस्तो भो
नबुझिने भाषा मायाको यसैलाई उन्ले छानिछन्
खोजेर अन्त कहाँ पाईन्छ?
गीत
खोजेर अन्त कहाँ पाईन्छ?
क्रान्तिले मात्र बन्दैन देश, देश बन्न शान्ति चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
द्वन्दको घाउ ताजै छ यहाँ, बिछोडिएका मनहरुमा।
आलै छ पीडा अङ्गभङ्ग भै ,बाँचिरहेका जनहरुमा।
हिंसाले मात्रै हुँदैन क्रान्ति ,क्रन्तिका निम्ति त्याग चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
बन्द हड्ताल तोडफोड मात्रै, लक्षमा पुग्ने आधार हैन ।
वार्ता र छलफल बाहेक अर्को, यो दुनियाँमा माध्यम छैन।
सिकेर पाठ इतिहासबाट ,अगाडि बढ्न हिम्मत चाहिन्छ।
बुद्धको देश हो यो नेपाल, खोजेर अन्त कहाँ पाईन्छ?
आओस चाँडै संविधान देशमा ,भावना सवको समेटेर त्यसमा।
भएँ भुतुक्कै
गीत
भएँ भुतुक्कै
तिम्रो रुप गुणले म त भएँ भुतुक्कै
अलिकति माया दिए हुन्थ्यो सुटुक्कै
जुन तारा टिपी ल्याउँने कसम खाँदिन
तिमीलाई छाडी अन्तै कतै जाँदिन
नयनको तिरले तिम्रो भएँ भुतुक्कै
अलिकति माया दिए हुन्थ्यो सुटुक्कै
मनका कुरा खोल्नलाई गाँठो साह्रो भो
नखोलौँ त यो ज्यानलाई बाँच्नै गाह्रो भो
अधरको मुस्कान कस्तो भएँ भुतुक्कै
अलिकति माया दिए हुन्थ्यो सुटुक्कै
बसन्तमा दिलको फूल फुलिदिए हुन्थ्यो
मेरा लागि तिम्रो मुहार खुली दिए हुन्थ्यो
लज्जालुपन बुझी तिम्रो भएँ भुतुक्कै
अलिकति माया दिए हुन्थ्यो सुटुक्कै
सानो मुसा र ढाडे बिरालो
आँखामा निद्रा थिएन । घरि यता फर्कन्छु घरि उता फर्कन्छु । जिरोवाटको बल्ब बलिरहैको छ । निभाउन जान पनि अल्छी लागिरहेछ। बेड स्वीच नभएकाले कहिलेकाहीँ त्यत्तिकै पनि सुतिदिन्छु बत्ती ननिभाइकनै। सधै झैँ आज पनि टेबुल मुनी खस्र्याक-खस्र्याक गरेको आवाज मेरो कानमा पर्दछ। जिरोवाटको मधुरो प्रकाशमा राम्ररी ठम्याउदैन आँखाले । सुतिसुति टर्चलाईट बाल्छु र हिजोअस्ती जसरी नैँ रमिता हेर्छु म ।
सकारात्मक सोच भए….
सकारात्मक सोच भए …….
कतै फुल्छ जीन्दगी यो काँडैकाँडामा
कतै फुल्छ जीन्दगी यो डाँडैडाँडामा।
जहाँ जता फुले पनि जीन्दगी यो हाम्रो
सकारात्मक सोच भए जहाँसुकै राम्रो।
अक्करिलो भिरमा पनि फुलेकै छ फूल
चट्टानको शिरमा पनि फुटेकै छ मूल।
फूल्मा होस् या मूलमा होस् जीन्दगी यो हाम्रो
सकारात्मक सोच भए जहाँसुकै राम्रो।
मरुभूमि भित्र पनि रसाउँछ पानी
महासागर भित्र पनि हुन्छ जीन्दगानी।
दुख सुख आँसु हाँसो जीन्दगी यो हाम्रो
सकारात्मक सोच भए जहाँसुकै राम्रो।
देवीचरण भण्डारी
मेरो देश हो नेपाल
‘मेरो देश हो नेपाल’
मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली
नशानशा भित्र बग्छ रगत सधैँ रातो
मेरा प्रत्येक् धुक्धुकीमा नेपालकै तातो
मलाई मेरै नेपालको प्यारो लाग्छ माटो
सबै मिली बनाउनुछ हामी हिड्ने बाटो
मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली
हिमाल पहाड तराई मधेश जहाँ बसे पनि
मेची काली सोलु जुम्ला जहाँ रहे पनि
नेपालकै भूभाग हो समान गरौँ माया
सन्सारकै छानो हाम्रो दिउँ शितल छाया
मेरो देश हो नेपाल
म हुँ नेपाली
झापामा बसेर
भैयो झापाली
आयो तीज बरिलै
आायो तिज बरिलै ।
छैन खुशी हामी चेलीलाई ।
गाउन चेली यो तीजमा सम्विधानको गीत ।
हिमाल पहाड तराईमा लाउँदै माया प्रित।।
भन्देउ अब नेतालाई सम्विधान चाहियो।
तिम्रै कारण वर्षौँदेखि धेरै दुख पाईयो।।
महङ्गीले सगरमाथा होचो हुँदै गाछ।
नेताहरुको घरको छानो निकै अग्लो भाछ।।
अख्तियारलाई तिनका घरको नाप्नु भन छानो ।
गरिबको भाडो भित्र छैन चामल मानो।।
सिटामोल नपाएर गरिब मरिराछ।
रातारात सीमानाको पिल्लर सरिराछ।।
चेलीहरु लुटिदैछन् बाटो घाटो बसमा।
सरकारको आँखामा छ सधैँ कालो चस्मा।।
छसयमा एक थपि पाल्यौँ ठूलो गोठ।
काला फुस्रा थिए पैले ऐले चिल्ला ओठ ।।
लाचार छायाँ बनि घुम्छन् नेता वरिपरि।
म त हजुर झापाको
म त हजुर झापाको
मान्छे छु है साह्रै मापाको
सितिमिति टेर्दिन
टुलुटुलु बसी हेर्दिन
सहन्न म उच निच तल माथि भाको
छाती पिटी धुरुधुरु आमा रोईराको
गरिब दुखी जनताको गीत गाई हिँड्छु
विकृति र विसङ्गति बिरुद्ध म भिँड्छु
म त हजुर झापाको
मान्छे छु है साह्रै मापाको
चेतनाको बिगुल फुक्तै हिँड्छु गाउँबस्ती
थकित भई बस्तिन म खेप्छु बरु सास्ती
नशा भित्र थोपाथोपा बग्छ रगत रातो
असल खराब छुट्याउँछु बिराउँदिन बाटो
म त हजुर झापाको
मान्छे छु है साह्रै मापाको
राजधानी
फोहोरको खानी हो कि राजधानी हो यो?।
जतासुकैहिलाम्य छ देख्तै घिन लाग्दो।।
हिँडीसक्नु छैन बाटो रोप्ने खेत जस्तो ।
गर्छौँ विकास भनि नेता भाषण गर्थै सस्तो।।
राजधानीको बेहाल देखेँ हामी भन्दा दुखी ।
हराभरा प्रकृतिको हाम्रै झापा सुखी।।
दुईचार दिन बस्छु भनि राजधानी गएँ।
अडिएन मन त्यहाँ चाँडै फर्की आएँ।।
प्रधानमन्त्री मन्त्री साम्सद भएभरका नेता।
काले गोरे नेप्टे थेप्चे गहुँबर्णे सेता।।
जोडेका छन् महल ठूला गुड्छन् पजेरोमा।
जनताले बस्नु पर्ने सधैँ अँध्यारोमा ।।
होटेलमा बस्दा पनि लोडसेडिङ्गको मार
बाटो हिड्दा जुत्ता खोली खट्टा नाङ्गेझार
मन थ्येन जान त्यता काम परेरै गएँ
कैले होला छुने
कैले होला छुने?
मनका कुरा नसक्छु म तिमीलाई भन्न
नसक्छु म आकाशका ताराहरु गन्न
आँउन खोज्छु समीपमा तिमी टाढा हुने
यो मुटुले त्यो मुटुलाई कैले होला छुने?
तिमी हिड्ने बाटो भरी तिमीलाई खोज्छु
नदेख्तामा तिमीलाई तिनैलाई सोध्छु
भन्देउन ए बाटोहरु अझै कति रुने?
यो मुटुले त्यो मुटुलाई कैले होला छुने?
हृदयमा सजाएर राखी हालेँ पैले
बचाएर चोखो माया साँचेकै छु एैले
न त गरेँ छलछाम न त जाल बुँने
यो मुटुले त्यो मुटुलाई कैले होला छुने?

