न सक्छु म मर्न न सक्छु म बाँच्न
न सक्छु म उन्मुक्त भै खुशी हाँस्न
भन्दै थियो ऊ पीडा छटपटाई
बेहोसीमा झैँ ऊ त खुब डराई
ढाडस दिएँ हिम्मत लेऊ भाइ
हुँदैन काँतर भई बर्बराई
मर्ने मरे काल अकाल होस जे
रोएर पो रातदिन हुन्छ नैँ के
आखिर सबले भनने यही हो
आफ्नो त संसार उजाड भई गो
बिर्सौँ कसोरी म त्यो क्रुर रात
जल्दोछु दिनदिन् बोकी बज्रपात
भन्नुस कसोरी सकुँला म हाँस्न
गुमाई सबैलाई म मात्र बाँच्न
थिएन शब्दै चुपचाप भएँ म
दुखेर आाँफै जली खुब रोएँ म ।
बाढी पहिरो घरबास हरायो
मानिस पीडामा बहुतै करायो
यथेस्ट राहत्हरू केही नपाई
बाँच्न विवश छन खाइनखाई
सरकारको ध्यान पुगेन पूरा
गर्ने कमै काट्ने धेरै छन कुरा
निस्वार्थी भै काम गरौँ मिली सब
लागि परौँ मानव हितमाअब
