Skip to content

सुसेलीको वरिष्ठ साहित्यकार चूडामणि रेग्मी विशेषाङ्क लोकार्पण

20150416_DeviCharanBhandari_News


झापा

नववर्ष २०७२ तथा वरिष्ठ साहित्यकार चूडामणि रेग्मीको ७९औँ जन्म दिनको सन्दर्भ पारेर सुसेली परिवार मेचीनगर १० काकरभिट्टाले गएको चैत्र ३० गते एक भब्य र सभ्य साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।

सुसेली चूडामणि रेग्मी विशेषाङ्क लोकार्पण तथा चूडामणि रेग्मीमा ससम्मान समर्पण तथा पुण्य प्रसाद खरेलको नयाँ सिर्जना “स्मृतिका उकाली ओराली” (सस्मरणात्मक निवन्ध) को लोकार्पण नाम दिइएको कार्यक्रममा प्रमुख अतिथि काभ्रे बनेपाबाट प्रकाशित हुदै आएको “जनमत मासिक”साहित्यिक पत्रिकाका सस्थापक तथा प्रधान सम्पादक एवम वरिष्ट साहित्यकार मोहन दुवालको प्रमुख आतिथ्य, वरिष्ठ साहित्यकार चूडामणि रेग्मी र माननीय सभासद रविन कोईरालाको विशेष आतिथ्य रहेको थियो।

सुसेली परिवार तथा उपस्थित सम्पूर्ण कवि तथा साहित्यकार तथा साहित्यानुरागी महानुभावहरूबाट चैत्र २९ गते देखि ७९औँ वर्ष प्रवेश गरेको उपलक्षमा वरिष्ठ साहित्यकार चूडामणि रेग्मीलाई उपहार सहित वधाई तथा शुकामना व्यक्त गरिएको थियो।

कार्यक्रम सुरु हुनु पूर्व कवि खगिन्द्रा खुशीले चूडामणि रेग्मीको “हामी भाले पोथी” शीर्षकको कविता सस्वर वाचन गरेपश्चात् सुरु भएको औपचारिक कार्यक्रममा सुसेली परिवारले प्रत्येक वर्ष प्रदान गर्दै आएको सुसेली प्रतिभा पुरस्कार यस पटक मेची नगर १० निवासी प्रेम प्रसाद बास्तोला र मनमाया बास्तोलाकी माइली सुपुत्री वातावरण विज्ञानमा स्नातकोत्तर गरी स्किम कलेज नयाँ वानेश्वरमा अध्यापन गर्दै गरेकी सुश्री शान्ता बास्तोलालाई नगदराशी रु एघारहजार सहित पुरस्कृत तथा सम्मान गरेको थियो।

उक्त भब्य र सभ्य कार्यक्रममा चारवटा कृतिहरूको लोकार्पण गरिएको थियो।

सुसेली चूडामणि रेग्मी विशेषाङ्क (सुसेलीको बाह्रौँ अङ्क), आख्यानकार पुण्य प्रसाद खरेलको स्मृतिका उकाली ओराली, रविन रिजालको जिन्दगीका पानाहरू, कथा सङ्ग्रह र जे वी कार्कीको दुस्सह (उपन्यास) हरू लोकार्पित भएका थिए।लोकार्पित कृतिहरूको समीक्षा सह प्राध्यापक कमल गुरागाईँ (ससेली विशेषाङ्क), सह प्राध्यापक तारा विविध (स्मृतिका उकाली ओराली) उद्धव बिष्ट (स्मृतिका उकाली ओराली) र जिन्दगीका पानाहरूको समीक्षा मदन अधिकारीले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मोहन दुवाल, विशेष अतिथिद्वय चूडामणि रेग्मी, माननीय सभासद रविन कोईराला, भवानी क्षेत्री, मुनाराज शेर्मा, रोहिणीविलास लुईँटेल, राम कट्टेल र पुरस्कृत प्रतिभा शान्ता बास्तोला लगायतले मन्तब्य तथा कविता वाचन गरेका थिए।

सुसेली परिवारका अध्यक्ष पुण्य प्रसाद खरेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य सुसेलीका प्रधान सम्पादक विजय खरेलले र संचानल सचिव कनक कार्कीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *