Skip to content

कैले होला छुने?

मनका कुरा नसक्छु म तिमीलाई भन्न
नसक्छु म आकाशका ताराहरु गन्न
आँउन खोज्छु समीपमा तिमी टाढा हुने
यो मुटुले त्यो मुटुलाई कैले होला छुने?

तिमी हिड्ने बाटो भरी तिमीलाई खोज्छु
नदेख्तामा तिमीलाई तिनैलाई सोध्छु
भन्देउन ए बाटोहरु अझै कति रुने?
यो मुटुले त्यो मुटुलाई कैले होला छुने?

हृदयमा सजाएर राखी हालेँ पैले
बचाएर चोखो माया साँचेकै छु एैले
न त गरेँ छलछाम न त जाल बुँने
यो मुटुले त्यो मुटुलाई कैले होला छुने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *