टप्प टिपी फूल यो लाउँ कि शिरैमा
गुम्सिएर कति बसौँ पिरैपिरमा
बैँशालु यो उमेरमा दबाएर रहर
रातोदिन झार्दै आँशु सहौँ कति कहर
यो मुटुमा नघोचेको छैन कुनै प्रहर
सक्तीन म जानीजानी प्यूनलाई जहर
बगैँचामा फूल फुल्दा पुलकित हुन्छ मन्
भमराको भूँभूँ सुन्दा उकुस्मुकुस् हुन्छ तन्
बस्दिन म कुँजिएर मनोकाङ्क्षा भाँचेर
मैँले पनि जिन्दगीमा बाँच्नु पर्छ हाँसेर
देवीचरण भण्डारी