Skip to content

जन्म स्थानप्रतिको सम्मान


म जन्मेर हुर्केँ र बढेँ पढेँ म
दुख सुख भोग्दै अगाडि बढेँ म
मेरो प्यारो गाउँ मेरो प्यारो ठाउँ
कहाँ सक्छु भुल्न प्रिय तिम्रो नाउँ

सदा सर्वदा यो मुटुमा तिमी छौ
मेरो ढुक्ढुकीभित्र पनि तिमी छौ
जीवन चलाउन झापा बस्या छु
छोडदा तिमीलाई अति दुख्या छु

मेरी प्रिय ‘बाहुनी’ नमन् म गर्छु
चोखो स्नेह तिम्रो मुटुमा म भर्छु
झापा पनि खुब प्रिय भा छ मेरो
झापा मोरङ्ग नैँ मेरो सेरो फेरो

जन्मेँ कहाँ कर्म कहाँ छ गरनु
कस्लाई थाहा र कहाँ छ मरनु
रमाएर गर्दैछु म नित्य कर्म
तिमीलाई बिर्सन्न म धरोधर्म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *