कस्तो विडम्वना ?
कतै सर्वश्व सकिएको छ
पीडामाथि पीडा थपिएको छ
कसैको सिउँदो पुछिएको छ
कसैको काख रित्तिएको छ
कसैको बंश नैँ सिद्धिएको छ
यो कस्तो विडम्वना हो
कतै तीजको रमझम छ
नाँचगान र खुशीको तामझाम छ
रङ्गीचङ्गी पहिरन र गहनाको परिधान छ
विधिको विधान बुझेर बुझी नसक्नु
विधि निर्माणकर्ता स्वयम् नैँ सारै
