Skip to content

जबरजस्ती मलाई माया


जबरजस्ती मलाई माया गर भन्दिन म
मेरै निम्ति तिमीलाई मर भन्दिन म

फूल चुसी छाडी हिड्ने भमरा म हैन
दशैँ घरको ओईलिई जाने जमरा म हैन
बिन्ती मलाई माया गर पनि भन्दिन म
मेरै निम्ति तिमीलाई मर भन्दिन म

तिम्रो मनको मझेरीमा भए खाली ठाउँ
गर्छ्यौ विस्वास भने मेरो लेखिदेऊ नाउँ
लाचार बनी माया गर पनि भन्दिन म
मेरै निम्ति तिमीलाई मर भन्दिन म

Leave a Reply

Your email address will not be published. Required fields are marked *