Skip to content


सगरमाथाको देश मेरो लालीगुराँस फुल्दछ
बयेली खेल्दै तराई फाँटमा धानबाला झुल्दछ

नौरङ्गी डाँफे रमाउदै हेर्छ मयुर नाँचेको
कोईली गाउँछे पहाडी भाका हिमाल हाँसेको

छङछङ गर्दै झर्दछन् झर्ना संगीत धुनमा
गर्व र खुशी दुवै छ मलाई नेपाली हुनमा

मेची र काली गण्डकी कोशी बग्दछन् सुसाई
न जाडो भन्छन् न गर्मी भन्छन् न बस्छन् बिसाई

अमृत समान महत्व यिन्को छ थोपाथोपामा
गर्व र खुशी दुवै छ मलाई नेपाली हुनमा

पुर्खाको नासो न बनोस् पासो होस् गरौँ सबैले
यो देशभन्दा ठूलो हुँ भन्ने नसोचौँ कसैले

धर्तीको स्वर्ग यै देशमा छ बनाउन सकेमा
गर्व र खुशी दुवै छ मलाई नेपाली हुनमा

(राष्ट्रभक्ति गीत)

1 thought on “नेपाली हुनमा”

  1. देवीजी सारै राम्रो लाग्याे ।
    देवीजी सारै राम्रो लाग्याे । राष्ट्रिय भावले अाेतप्रोत गीत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *