Skip to content

HomSuvedi

भाषाका पदवाक्यको अध्ययन

भाषा भनेको मानिसको अन्तर्मनको भाव वा अर्थ खुलस्त गरी अन्य वक्ताका माझमा संप्रेषण गर्ने सधान हो । मान्छेका मनभित्रका विचार र भावहरूलाई ध्वनि, लेखन वा हाउभाउ आदि चिन्ह वा संकेतहरूका माध्यमबाट बोकेर बाहिर अर्को त्यस्तै प्रयोगकर्ताका साथ हुत्याइदिने काम भाषाको हो । धेरै वा थोरै कुरा किन नहुन् ती कुराहरूलाई स्पष्ट बुझिने गरी अभिव्यक्त गर्न भाषिक कोटीको वाक्यको खाँचो पर्छ । अन्य वक्ताका साथ भावपूर्ण रूपमा प्रकाश गर्ने काम वाक्यबाट हुन्छ । वाक्य भन्नु अनेकौं सार्थक पदहरूको नियमपूर्वकको श्रृङ्खलाबद्ध एकात्मक संरचना हो ।

मित्रस्य चक्षुसा समीक्षामहे

यौटा थिए मित्र बडो उदार, अर्का थिए झन् अँझ होनहार ।
देखेर यो भान परिरहन्थ्यो, संसार यिनकै छ कि बारबार ।।

अग्ला बडो पुष्ट र ज्यानदार, चौडा थियो पुष्ट विशाल भाल
थियो दुवैको अनुहार यस्तो फुलिरहेको छ गुलाफ जस्तो ।।

पृथ्वीका नारायण

उत्साहले नाच्न अघी बढेछन्
यो पृथ्वीमा पृथ्वी उँभो चढेछन्
आफैं तिनी गुन्गुन गर्न थाल्थे
नेपाल रच्छु भनी रेखी हाल्थे ।।
गला गलाबाट सुसाई गीत
यो याममा एक लगाई प्रीत
मानौ इतिहास म रच्छु यस्तो
कतै रचिएन कि भन्नु जस्तो ।।

पुरस्कार थाप्ने फोबिया

आज भोलि मान्छेभित्र को भन्दा को कम हुने उहिल्यैदेखिको रोग बढेर गएको छ । यो भनेको आत्मरति हो । आत्मरति वा आत्मप्रशंसा खोज्ने रोग बढेर गएपछि मान्छेलाई त्यसले पलपलमा पिरोलो पारिरहँदो रहेछ, गाँजिरहँदो रहेछ । हुनत यो आत्मरति, आत्मालाप, आत्मराग वा आत्मप्रशंसाको भोक आजका मनुवामा मात्र रहेको छ र उहिलेका मनुवाहरूमा थिएन भन्ने कुरा काटे पनि साँचो होइन । उहिले उहिलेका रिखिमुनि र बुढापाकामा वा देउदेउतामा पनि यो रोगको भोक खपिनसक्नु गरी हुने गरेकै हो । उनीहरू ता आजका भन्दा अझ बढी यसका भोका हुन्थे ।

फेसबुक च्याटिङमा श्रृङ्रगारकाण्ड – भाग १

केही दिनदेखि साथी उमेशको स्वभावमा केही तलमाथि देखिन थालेको छ । ऊ मेरो अन्तरङ् र घनिष्ट साथी । आजभोलि उसले मसँग पहिलेकोभन्दा केही फरक व्यवहार गरेको जस्तो देखिन्छ । मन पेटका सारा कुरा खोतलखातल पारेर मसँग पोखिने उमेश किन यसरी अन्तर्मुखी भएको हो मलाई पो चिन्ता परेको छ । आज एक मौका मिलाएर उससँग गफगाफ गर्ने सुर कसेर मैले कलेजको फूलबारीमा गएर उसलाई एकान्त पार्ने काम गरें अनि उसको यो अन्तर्मुखी स्वभावको विकास र यसको आगमनका बारेमा जान्ने इच्छा गरें ।

बाँदरका हातमा नरिवल

बनमा मात्र यी बाँदरले दुख पाए भनेर रचनाकारले अाफ्नै घरमै भित्र्याए । मिठाे मसिनाे खान पाएका बाँदर सारै राम्रो गरी फस्टाए । तर उनीहरुकाे चाेर्ने बानी र अर्काको देखि नसहने बानीलाइ भने उनीहरुले दबाएर मात्र राखेका थिए । बग‌ैचामा अाँपका रुखमा उपद्रब मचाउन नपाएर उनीहरुकाे मन पिराेलिएकाे गियाे । अारुहरु पाकेर मात्र खान अराइएकाे थियाे । काँचै फलफूल नटिप्ने उर्दी थियाे । एक दिन उनीहरुले बग‌ैचामा पाक्न लागेकाे कटहरमा अाँखा गयाे । अरुले नै खाला भन्ने डरले बाँदरकाे डफ्फा पसेर पाक्न लागेकाे कटहरुकाे बाेटमा चढेर साेत्तर पारे । बिहान रचनाकारले जब देखे उनलाइ रिस उठ्यो तिमी जङगली हौ तिम्रो ठाउँ यहाँ हैन रहेछ

कनिका

अहिले कविता हाम्रो कनिका छरिए सरी
बग्रेल्ती छरिने गर्छ जथाभावी थरी थरी ।।

कतै हाइकुकाे जात कतै ताङ्का पसी पसी
नेपाली कवितालाई उकास्दैछन् घुँगा धसी ।।

पुरस्कारको वितरणमा नयाँ जुक्ति

“उता ‘चटकलाल, जठरबली ठनमाया स्मृतिकला कल्पपल्ली स्मृति प्रतिष्ठान’को पुरस्कार वितरणमा कति सजिलै कुरा मिलाइएको थियो, यसमा भने कम समस्या परेको होइन । बल्ल बल्ल कुरा मिलाइयो । यो सचिवको पोस्टमा अचेलको केटो परेछ ।

लोककथाको संकलन र लेखनमा केदार सत्यालको बठ्याइँ

अलिखित रुपमा मान्छेका गलागलामा रहेको साधारणभन्दा भिन्न, केही बठ्याँइँले भरिएको, अलिकति कलात्मकतायुक्त कथन नै लोकसाहित्य हो र यो नै आधुनिक साहित्यको पुर्खा हो । आधुनिक साहित्यको जन्म यसैबाट भएको छ । यसैलाई विद्वानहरूले आधुनिक साहित्यको जन्मथलो मानेका छन् । लोकजीवनमा समाजभित्र गरिने मनोरञ्जन, उत्सव, चाडपर्व, मेलापात, जन्ममरण आदि अवस्थामा तत्तत्त् विषयलाई सुहाउँदा कुराहरू कथेर रचिने परम्परा आज पनि समाजमा रहेकै छ । यही पुरानो परम्पराबाट लोक साहित्यको सिर्जना भएको हो । यसैले यसलाई लोकजीवनको दर्पणका रुपमा लिइन्छ । यसले लोकजीवनको इतिहास, कला, धर्म, संस्कार, संस्कृति आदिको इतिहास बोकेको हुन्छ । नेपाली लोकसाहित्यको पनि यही विशेषता रहेको छ ।

सम्मान फोबिया

आज भोलि मान्छेभित्र को भन्दा को कम हुने उहिल्यैदेखिको रोग बढेर गएको छ । यो भनेको आत्मरति हो । आत्मरति वा आत्मप्रशंसा खोज्ने रोग बढेर गएपछि मान्छेलाई त्यसले पलपलमा पिरोलो पारिरहँदो रहेछ, गाँजिरहँदो रहेछ । हुनत यो आत्मरति, आत्मालाप, आत्मराग वा आत्मप्रशंसाको भोक आजका मनुवामा मात्र रहेको छ र उहिलेका मनुवाहरूमा थिएन भन्ने कुरा काटे पनि साँचो होइन । उहिले उहिलेका रिखिमुनि र बुढापाकामा वा देउदेउतामा पनि यो रोगको भोक खपिनसक्नु गरी हुने गरेकै हो । उनीहरू ता आजका भन्दा अझ बढी यसका भोका हुन्थे ।

तयार परिराखौं के पर्ला के पर्ला

पर्खन मात्र सक्नु पर्छ समय आफैं फर्कन्छ भन्थे
हो रहेछ लक्षण देखिन थालेको छ
फेरि पनि समय आफैं फर्केर आउला आउला जस्तो छ
समयले पनि अब फेरि भाउ पाउलापाउला जस्तो छ ।
अब फेरि नेपालमा हडताल युग आउलाआउला जस्तो छ
संरचना र निर्माण महँगो भए पनि
ध्वंश र आतङ्कले यहाँ फेरि छाउला छाउला जस्तो छ ।

नाम राख्ने खेती

अहिलेको यो बेला नेपालमा धेरै थरीका खेतीको मौका छ । मौकै मौका छ, यस्तै छ । मैले यहाँ यस बेला भन्ने शब्द प्रयोग गरें । यस बेला भनेर निबन्धको सुरुमै समयको सीमालाई तोक्न खोजें । अहिले भनेको जहिले पनि हुन सक्छ । यस बेलाभित्र भनिएको यस बेला शब्दमा आजको अहिलेको बेला भन्ने बुझिन्छ । उहिले भानुभक्तका पालामा पनि अहिले वा यस बेला थियो, उनीहरू पनि आफ्ना अघिल्तिरको समयलाई अहिले भन्ने गर्थे, वाल्मीकिका पालामा पनि अहिले थियो । कालिदास पनि आफ्नो बेलामा अहिले भन्थे, सुकरात पनि त्यसै भन्थे उनको समयमा पनि अहिले थियो । जो जहिले अस्तित्वमा हुन्छ उसका लागि उसले भोग्दै गरेको समय अहिले नै हो । म यस बेलामा छु । विक्रमको २०७० सालतिर ।

सानीको सपना

स्कुलबाट आउन पाएकै थिइन, सानी आमाका काखमा लुट्पुटिई ।

खातीजीको घर यो नातिनीले उज्यालो पारिदिएकी थिई । कति बेला स्कुलबाट फर्केली भनेर उसका हजुरबुबा र हजुरआमा पर्खिएर बसेका हुन्थे । सधैंझैं स्कुलबाट फर्किएपछि सोझै आमाको काखमा आएर लुट्पुटिने गरेकी थिई आज पनि उसले त्यसै गरी ।

“आमा म पनि हजुरलाई आमा नभनेर मम्मी नै भन्छु है ।” उसले काखमा बस्तै सोधी ।

गीत्यात्मक कविता

यो राम्री छे भन्ने कुनै हुन्न चासो,
नराम्री छे भन्ने पनि हुन्न चासो
यी राम्रा नराम्रा कुरै हुन् हराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

यो गोरी छे यसमा कुनै हुन्न चासो
त्यो काली होस् त्यसमा न गर्छन् गुनासो
त्यसैलाई नियाल्छन् र आफैं हराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

रामजनमको खास्टो बेपार

केही वर्षदेखि चटपटे व्यवसाय गरेर मेरो घरमा भाडा गरी लखनदेव बसेको छ । मलाई पनि भरअभर यो मान्छे काम लाग्छ । तरकारी पकाउन अल्छी लागेको दिन उसको चटपटेले तरकारीको छाक टार्ने गरेको छु । कहिलेकाहीं ता “मालिक रोटी भि यहीं खाइलिऊँ” भनेर रोटी नै खुवाउँछ । बडो मिजासिलो छ । ऊ बिहान अँध्यारैदेखि आलु उसिन्छ, खोर्सानीको भुजुरी तयार गर्छ, चना भुट्छ, टमाटर पखाल्छ, अरु केके तयारी गर्छ । अनि बिहानैदेखि लाग्छ बजारतिर आफ्नो व्यवसायमा । बेलुकासम्म पनि त्यो घर आउँदैन । रात पर्न लाग्दा मात्र बल्ल ऊ आउँछ र त्यस दिनको आमदानी गन्न थाल्छ । मलाई घरमा खुजुरा पैसाको अभाव यसबाट कैले पनि हुन पाएको छैन । यसका साथ मजासँग भारु भने भारु नेरु भने नेरु साट्न पाउँछु । एक पटक ता उसले कतिको हो डलरको नोट पनि ल्याएको थियो । यो सटहीको कारोबारमा पनि उसलाई अब चाख बसेको जस्तो थियो । मानौं यो मेरा लागि एउटा सटही काउन्टर पनि हो । त्यसको चटपटे बेपार फस्टाएको छ भन्ने कुरा उसले दिनभरिको बेपारबाट आएको आमदानी दुईहजारदेखि पच्चिस सयसम्मको कमाइ गरेको कुरा बुझेपछि मलाई थाहा भएको छ । ऊ नलुकाई भन्छ– ‘मालिक पढेन हामीले ता, यसैसे गुजारा कर्नु परेको छ ।’

कुरा मनमा आइरहे

कुरा धेरै….. मनै भरि अटाइ नअटाइ आ….इ………र‍‍ हे२

कुरा मनमा अटाइ नअटाइ आइरहे
पुरिएको घाउलाई तिनले बल्झाइरहे २
हिजो अस्ति हो वा आजै हो जम्का भेट भयो
भेट मात्रै हुनु के थ्यो मन यो तुल्बुलियो २

के नेपाल सानो छ पद्यानुवाद – ०६ (अन्तिम भाग)

निन्दा गर्नेहरु त्यस्ता हाँस्लान् मेरा विचारमा
तथापि म सधैं बस्छु दृढ मेरै विचारमा ।।
यस्ता बोक्रेहरुदेखि दया लाग्छ मलाई ता
बिचराहरुमा कस्तो बुद्धिको छ दरिद्रता ।।

अध्यात्म ज्ञानको गंगा यसैबाट छ उद्भव
सारा संसारकै लागि यै हो पोषक वैभव ।।
अरुले देशको ताज शिरमाथि चढाउलान्
हामी ता देशको ताज मुटुभित्रै सजाउँछौं ।।

के नेपाल सानो छ पद्यानुवाद – ०५

असन्तुष्टि यहाँ छैन माटोमा हुन्छ उब्जनी
यहाँकी धर्ती हुन् मेरी साँच्चैकी शश्यशालिनी ।।

गहिरो गरी हेर्नाले एकभित्र अनेकता
पाइन्छन् यही धर्तीमा देश सानै भए पनि ।।

के नेपाल सानो छ पद्यानुवाद – ०४

यहाँ के छैन हे मित्र यहाँ जे पनि मिल्दछ
छैन भन्नेहरु देखी म ता आश्चर्य लाग्दछ ।।

हाम्रै पर्णकुटीभित्र परमेश्वर बस्तछन्
आत्माका रुपमा हाम्रा गौरीशङ्कर मस्त छन् ।।