भाषाका पदवाक्यको अध्ययन
भाषा भनेको मानिसको अन्तर्मनको भाव वा अर्थ खुलस्त गरी अन्य वक्ताका माझमा संप्रेषण गर्ने सधान हो । मान्छेका मनभित्रका विचार र भावहरूलाई ध्वनि, लेखन वा हाउभाउ आदि चिन्ह वा संकेतहरूका माध्यमबाट बोकेर बाहिर अर्को त्यस्तै प्रयोगकर्ताका साथ हुत्याइदिने काम भाषाको हो । धेरै वा थोरै कुरा किन नहुन् ती कुराहरूलाई स्पष्ट बुझिने गरी अभिव्यक्त गर्न भाषिक कोटीको वाक्यको खाँचो पर्छ । अन्य वक्ताका साथ भावपूर्ण रूपमा प्रकाश गर्ने काम वाक्यबाट हुन्छ । वाक्य भन्नु अनेकौं सार्थक पदहरूको नियमपूर्वकको श्रृङ्खलाबद्ध एकात्मक संरचना हो ।
