Skip to content

HomSuvedi

के नेपाल सानो छ पद्यानुवाद – ०३

यहीं निर्मल गङ्गाका छालको हुन्छ कल्कल
त्यही कल्कलमा मानौं गाएझैं लाग्छ कोकिल ।।

दुनियाँभरमा शान्त स्वच्छ शीलतका कथा
खोज्नेले फर्किए हुन्छ भेटिनेछन् यता उता ।।

के नेपाल सानो छ पद्यानुवाद – ०२

निलेका त्यसले लाखौं कृतिभन्दा कता कता
माथि धेरै गुणा लाग्छ हाम्रो आफ्नै शकुन्तला ।

अङ्ग्रेजीवाजले भन्छन् चस्मा ढल्काई व्यङ्ग्यले
नेपाली पढी के हुन्छ ? अङ्ग्रेजी पढ्नुपर्दछ ।

के नेपाल सानो छ पद्यानुवाद – ०१

‘नेपाल’ शब्दका साथ विशाल शान्त सुन्दर,
कुनै बेला म आफैंले लेखेंथे छ मनोहर ।

कसरी कसरी आयो यस्तो भाव म जान्दिनँ
त्यो विशेषणको शब्द किन लेखें म भन्दिनँ ।

साँढे

खुला साँढे
अहिले ढसमस्स छ साँढे
कसैले चलाउनु हुन्न ।
फुँ गरेर हान्न सक्छ
फुकेकाे खुला साँढेलाई
कसले बाँध्न सक्छ ?
गतिलाे साँढे देखेर
काेही याे उद्याेग नगर
यसलाई
गाडामा कसले छाँदन सक्छ ?

ताङ्सेको भिरबाट गोठालाहरूसँग एसएमएस

आज शनिवारको दिन । पहाडको पुरानो आफ्नै पैत्रिक गाउँमा म छु । पल्लो गाउँतिर जान मन लागेको छ । उहिलेको आफूले गाई हेरेको भिर, सैसला खेलेको ठाउँ पनि हेरिने, समय पनि बित्ने सोचेर म लागें आम्बोटेतिर । मैले गाई चराएको भिरको बाटोबाट म हिंडिरहेको थिएँ, जाँदा जाँदै मेरा मनमा कुरा झुत्तिन थाले ।
उता मेरा वर्तमानको वासथलोमा मेरा केही सरकारी कर्मचारीहरू पनि छन् । उनीहरूले १० देखि ४ वा ५ बजेभित्र ता सरकारको तलब खाएबापत काम गर्नु पर्ने हो । काम कम गर्नु र घुस अघिक खानु उनीहरूको अभ्यासको विषय हो । यदि त्यसरी घुस खान पाइएन भने उनीहरूले अफिसको समयमा गर्नु पर्ने काम कुराहरूलाई जानेसम्मका उपायहरू गरेर छिरोलेर बिगार्छन् र छाडिदिन्छन् ।

गणतन्त्र र गौथलीकाे बाबुको भूमिका

क. भूमिकाको भूमिका

मसँग भदौ ०६९ साल ११ गते दिउसो दाजु नकुल काजीले अचानक लामो फोनमा कुरा गर्दै अनुरोध गर्नुभो, यस कृतिबारेमा केही लेख्नका लागि । साथै मैले लेखिएको उक्त सामग्री चाँडै चाहिएको कुरा पनि गर्नुभो । अलिक कस्तोकस्तो लाग्यो यो चाँडो भन्ने शब्दको सुनाइमा । अरु सबै काम छाडेर सेवाको यस काममा लाग्नुपर्ने भो मैले । तर मलाई सस्तोमस्तो कुरा लेखेर ढाँटढुँट गर्नु उचित लाग्दैन, यसमा ता झन् त्यसो गर्नु नै थिएन । कुरा गर्दा ‘समय छोटो राख्नुभो’सम्म भनेको थिएँ । कुरा त्यति हो ।

अवतरण

उनको र मेरो परिचय छ । उनी कथाकार र प्राध्यापक पनि हुन् । निकै ओटा पुस्तक प्रकाशित गराएका छन् । उनी साहित्यमा विेशेष रुचि भएका मान्छे हुन् । हाम्रो प्रायः भलाकुसारीका रुपमा गफगाफ भइरहन्छ । म उनका साथ एक भेटघाटको सिलसिलामा थिएँ । “हैन ‘अपहत्ते’ कथाको अन्तमा सफल अवतरणको उपाय खोजिएको थियो नि मित्र । कुन रुपमा भयो त अवतरण ?” मैले कथाकारसँग सोधें ।

उनले फटाफटी भन्न थाले–“हो, ‘अपहत्ते’ कथामा सफल अवतरणको अपेक्षा गरेको थिएँ । त्यसभन्दा अघिकै ‘मोबायलको सन्देशबाट उब्जेको रडाको’ कथा पनि तपाईंले पढेकै हुनुपर्ने हो । त्यसैबाट क्रमिक रुपमा आएको ‘अपहत्ते’ कथामा यो घटनाको वा शृङ्खलाको र यसको सफल वा विफल जे भनौं अवतरणको कुरा उठाइएको हो । वास्तवमा कुनै प्रयत्न नै गर्नु परेन अवतरणका लागि । कुनै घटना वा दुर्घटना पनि भएन अवतरणका लागि । त्यो आफैं भएको छ । छाती निकै हलुको भएको छ । एउटा विपत्ति आफैं टरेर कतै गएको छ । मलाई अहिले निकै सन्चो पनि भएको छ । मनको भार पनि यसै हलुको भएको छ । एउटा अनिष्टको उल्का आफैं पर पर कतै सरेर गएको छ अनि मलाई भने त्यो छ महिने अपहत्ते र एसएमएसको प्रकरण नमिठो सपना जस्तोका रुपमा मात्र रहेको छ ।” म सुनिरहें उनको धारावाहिक कथन, उनको कथन कवितामय थियो ।

स्मृतिग्रन्थ प्रकाशन एन्ड कम्पनी लिमिटेड

कुरा अलिक हाँस उठ्तो हुन सक्ला । तर हाँसो उठ्तो भए पनि कुरा यथार्थै हो । त्यसै यथार्थ कुराबाट म यहाँका कुरा थाल्छु । केही वर्ष अघिको कुरा हो । मेरो चिनाजानीका मित्र जसलाई म अहिलेसम्म पनि दाजु भन्छु उहाँबाट मलाई फोन आयो । मैले उहाँको फोन उठाएँ । उताबाट कुरा आए— ‘भाइ, तपाईंले प्रधान सम्पादकका रुपमा बसिदिनुपर्ने भो, भ्याउदिनँ भन्न पाउनुहुन्न है ।”
“के छाप्न लाग्नु भो दाइ ?’

मोबायलको सन्देशबाट उब्जेको रडाको

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो ।

गमलामा रोपिएको पिपलको बिरुवा

मेरा घरका गमलामा केही थरिका फूल फुलेका छन् र केही नयाँ बिरुवाहरू रोपिएका पनि छन् । गमलामा फूल रोप्ने मेरो सोख छैन । त्यसले मेरो दरिद्र जीवनमा कुनै फाइदा पुर्याउँदैन र त्यसलाई चाकर गरेर मलाई कुनै लाभ छैन भन्ने मेरो आफ्नो मान्यता छ । यस्ता फूलहरू फुलाउनु र यसमा खर्च गर्नुमा मेरो सोख उति नभए पनि यस्ता बिरुवा रोप्ने र हुर्काउने सौख मेरी सहधर्मिणीमा उहिल्यैदेखि आएको देखेको छु । मलाई भने यो कहिल्यै आएन । नआए पनि उसले रोपेका बिरुवा र फूलहरूमा म बाध्य हुन्छु, पानी हाल्न । म गन्गनाउँछु—“यी रोपिएका बिरुवाहरूबाट फूल नभई डलर फुल्ने भए म यिनैको सेवामा आफूलाई अर्पण गर्ने थिएँ !” उनी तिलमिलाउँछिन् । म उनको तिलमिलाइबाट आनन्दित हुने गरेको छु । यसरी गमलामा रोपिएका बिरुवाहरू कति हुर्किएका छन्, कति हुर्कंदैछन् र कति हुर्कने सुरमा छन् । कति फुलेका छन्, कति फूल्दै छन् र कति मौसम अनुसार फुल्दछन् ।

वर्ण के हुन् र ती किन घटी बढी हुन्छन् ?

भाषाका शब्दहरू वा वर्णहरू भनेका मानिसका अन्य भौतिक सम्पत्ति जस्तै भाषिक सम्पत्ति हुन्छन् । भौतिक सम्पत्तिको ढुकुटीमा घटीबढी हुँदै गएजस्तो भाषाको शब्द वा वर्णको ढुकुटीमा पनि घटीबढी हुन सक्छ । भन्डारको सम्पत्ति चलन गर्दै जाँदा थपिंदै वा घट्दै जानु स्वाभाविक पनि हो । नेपाली भाषा पनि यस अपवादबाट मुक्त छैन । यसमा पनि प्रयोग गर्दै जाँदा शब्दहरू वा वर्णहरू घटीबढी भएका छन् ।
वर्तमानमा लेखिएको केही कामचलाउ, केही तत्कालको लागि बिकाउ अनि केही चाहिं प्रसिद्ध व्याकरणका पुस्तकहरूमा नेपाली भाषामा रहेका स्वर, व्यञ्जन वर्णको परिचय र सङ्ख्या तोक्ने काम भए÷गरेको देखिन्छ । पाठ्यक्रमको प्रयोजनका लागि लेखिने सस्तामस्ता व्याकरणका पुस्तकहरूमा नेपाली वर्णहरूको परिचय पढाउनु पर्ने भए पनि सङ्ख्या तोक्नुबाहेक सङ्ख्यामा घटीबढी हुनुका पर्याप्त वा न्यूनतम कारणहरू समेत दिएको पाइन्न । सङ्ख्या तोक्ने क्रमका पछाडि तोकिनु पर्ने खास कारण उल्लेख नहुनाले प्रशस्त भ्रम फैलन सक्छ । तिनै समस्याहरूको साधारण खुलासा यो लेख हो ।

गाेष्ठी : देवकोटा स्मारक चन्द्रगढी

बाल कविता प्रतियोगिताको एउटा उच्च स्तरीय आयोजन

यस पालिको देवकोटा जयन्ती झापामा निकै नै स्मरणीय र उत्साहजनक रुपमा सम्पन्न भएको कुरा गर्न पाउँदा मलाई बडो हर्षको अनुभव भएको छ । भर्खरै मात्र झापामा साहित्यिक गतिविधिमा कमी आएको भन्ने आशयको प्रकाशित कान्तिपुरको खबरलाई सधैं नै झापाले लोप्पा खुवाएकै छ तापनि यस पालि झनै लोप्पा खुलाएको अनुभव भएको छ ।

नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू

नेपाली भाषाको लेखनलाई व्याकरणनिष्ठ बनाउँदै शुद्धाशुद्धीको ख्याल गरेर लेख्ने परम्पराको थालनी भएको पनि सय वर्ष नाघिसकेको कुरा जगजाहेर छ । सुब्बा वीरेन्द्र्र केशरी अर्यालले नेपाली भाषाको बेसरी नामक व्याकरण १९६३ सालमा लेखेका थिए । पछि प्रकाशित भएको भए पनि यसमा नेपाली भाषालाई निष्ठापूर्वक लेखिनु पर्ने कुराको जोड थियो । नेपाली भाषाको व्यारणको ऐतिहासिक थालनी यसै बिन्दुलाई मान्ने गरिएको छ । यसै अवधिमा (१९६५) राममणि आचार्य दीक्षितले हलन्त बहिष्कार आन्दोलन नै चलाएका छन् । त्यो पनि लेखनका लागि गतिलो प्रयास थियो । तर खुट्टा काट्नै नहुने सोच भएको राममणि आदीको लेखनमा आग्रह बढी थियो गतिलो र वैज्ञानिक तर्क थ

डिल्लीराज नेपालको छन्दमालाभित्रका छन्दहरुमा केही तरङ्ग

आज छन्दमा कविता लेख्नु भनेको अत्यन्तै चुनौतीको काम हुन पुगेको छ । कवितालाई गजलले थिचेको बेला छ । लगभग गजलले कवितालाई विस्थापित गरेर सिध्याएको बेला छ आज । बालबच्चादेखि वृद्धवृद्धाहरु समेत गजल नै लेख्न लागेका छन्, गुनगुनाइरहेका छन् । स्वदेशबाट मात्र नभई विदेशबाट नेपाली जहाँ जहाँ छन् त्यहाँ आज गजल पुगेको छ । नेपाली गजलको इतिहासको सन्दर्भमा विषयवस्तुका आधारमा केही र अन्य पक्षहरुमध्ये रचनात्मक ऊर्बरताका आधारमा हेर्ने हो भने २०४६ सालपछिको अवधिलाई स्वर्णकालको रुपमा लिनु पर्ने स्थिति छ । यस अवधिमा सयौं कृतिहरु गजलका रचिएका छन् । सयौं शोधप्रबन्धहरु गजलकारहरुमाथि तयार गरिएका छन् । त्यसै गरेर सयौं समीक्षकहरुले गजलका बारेमा विषद विश्लेषण गरेर यसको निचोड र निष्कर्ष दिने काम गरेका छन् । यसैले आजको कविताको इतिहासको प्रवाह गजलमा केन्द्रित छ ।

विनास काले विपरीत बुद्धि

धेरैतिर अर्ती उपदेशका रुपमा “विनास काले विपरित बुद्धि” भनेको सुनिन्छ । यसको यो श्लोक कसले लेख्यो र यसको बाँकी भाग के हो भनेर सोध्यो भने धेरैलाई नआउन सक्छ । यसैले म यसको निराकण गरुँ है ।

यसका लेखक चाणक्य । चाणक्यनीतिको सोरौ‌ अध्यायको पाँचौ‌ श्लोक हो यो । सबैलाई आउने भाग भनेको उक्त श्लोकको अन्तिम भाग मात्र हो । उक्त श्लोक उपजाति छन्दमा लेखिएको छ ।

स्मृतिग्रन्थ प्रकाशन एन्ड कम्पनी लिमिटेड

कुरा अलिक हाँस उठ्तो हुन सक्ला । तर हाँसो उठ्तो भए पनि कुरा यथार्थै हो । त्यसै यथार्थ कुराबाट म यहाँका कुरा थाल्छु । केही वर्ष अघिको कुरा हो । मेरो चिनाजानीका मित्र जसलाई म अहिलेसम्म पनि दाजु भन्छु उहाँबाट मलाई फोन आयो । मैले उहाँको फोन उठाएँ । उताबाट कुरा आए— ‘भाइ, तपाईंले प्रधान सम्पादकका रुपमा बसिदिनुपर्ने भो, भ्याउदिनँ भन्न पाउनुहुन्न है ।”
“के छाप्न लाग्नु भो दाइ ?’

स्वर्गमा केही कविहरुका गनगन

(केही हास्य कविताका टुक्राहरु)
विष्णु नवीनः
प्रकृति पनि कति पापी
सुन दियो, नुन दियो
घाम दियो जुन दियो
खानी दियो पानी दियो
हरिभक्तेलाई पनि दियो
हामी आमाबाबुलाई नानी दियो
धेरैलाई धेरै थोक दिएर पनि
गरिबलाई अघाउँजी किन माड दिएन
म जस्ता जँड्याहालाई
छाद्ने पाध्ने गरी किन जाँड दिएन ?

जाऊ जाऊ जाऊ

जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
जित्यौ चुनाउ
फेरि आयो दाउ
तिम्रो भयो भाउ
आज सम्म गाउँ खायौ
अब देश खाऊ ।

जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
मोज गर्न जाऊ
भोज खान जाऊ
तर मार्न जाऊ
तिमीलाई छुन सक्ने
कस्को बाउ ?
जाऊ ज्वाइँ जाऊ
ससुराली खाएका थ्यौ
अब देश खाऊ
जाउ जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ ।
गाउँ मात्र खाएका थ्यौ
अब देशै खाऊ ।

जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
जित्यौ चुनाउ
फेरि आयो दाउ
जनतालाई देखाउन
सम्विधान बनाऊ
बनाएकै भोलिपल्ट
सम्विधान डढाऊ ।
नसक्ने नै भएदेखि
जुलुस लिई आऊ
मुन्द्रेहरु अघि लगाई
टायर बाल्न जाऊ
सक्छौ भने चाँडो चाँडो
सम्विधान बनाऊ
सोचे जस्तो भएन कि

अर्द्धघडाहरुको जीवन परिभाषा

भन्छन् अर्द्ध घडाहरु सहजले संघर्ष हो जीवन
अर्काे पल्ट कथुर्दछन् तिनीहरु सौभाग्य हो जीवन
यस्ता अर्द्ध घडाहरु जीवनको मैदानमा कुद्दछन्
थाप्लामा जब पर्छ आँधि तिनले मात्रै कुरा बुझ्दछन् ।