दिप बालेर शान्ति ल्याउन गाह्रो छ अब
किनकि शान्ति त मुलघरबाट नै हरायको छ
हामी छेउघरे पुछार्घरेले शान्ति शान्ति भनेर के गर्ने ?
शान्ति ल्याउने मूलघर आफै डरायको छ।
मुल्घरे जेठामुखिया छदा रमाइलो सन्सार थियो
गाउघरमा दु:खी गरिब सबैलाई सान्त्वना मिलिरहन्थ्यो
एउटा हत्केला मिलेसरी कति मीलेको परिवार थियो
काहाबाट माईलाले जाल खेली परिवर नै सखाब बनाई दियो
बिचरा जेठा मुखियाको हत्या गरिदा,
गाउ रोयो शहर रोयो, गरिब रोयो पीडित रोयो
झार रोयो जङ्गल रोयो, पसु रोयो पंक्षि रोयो
आत्मा रोयो आँखा रोयो, दिन रोयो रात रोयो
देश रोयो बिदेश रोयो, घाम रोयो जुन रोयो
बटुवा रोयो बाटो रोयो, ढुङ्गा रोयो माटो रोयो
ल
गा
ता
र
तारा रोयो, प्रिथ्बी सारा रोयो झन
तड्पिएर प्रज्ञ रोयो, प्रजातन्त्र रोयो
अनि
शान्ति रोयो त्यही बेलामा अशान्तिले छोयो
तर
माइला मुखियाका परिवार रोएनन् किन?
त्यसैले अशान्ति छायो यहाँ जेठा मुखियाले सरापेर
गल्ती स्वीकारी शान्ति भित्त्र्याउ माइला सारा नेपालीलाई
आफ्नै परिवार सम्झेर, आफ्नै परिवार सम्झेर।।।
प्रेम बाबु
हाल यू ए इ
रत्नराधिका राष्ट्रिय त्रैमासिक वर्ष १ अंक ४ २०६१
