प्रकाश सायमी
कथाकथित पात्रको प्रदेशमा
स्वप्ननगरी, स्वप्नद्रष्टाहरूको यथार्थ नक्कलीपनाभित्रको अन्तरद्वन्द्व र चलचित्र क्षेत्रको अति रोचक चित्रण प्रस्तुति नायिका मीनाकुमारी, निर्देशक बीआर चोपडा, उपन्यासकार राही मासुम रजा, गायक उदित नारायण पाकिजा फिल्मको जीवनको उत्कृष्ट प्रेमदर्शन, भारतीय महिलाहरूको औसत व्यवहार, भारतीय देश, कालअन्तर्गतको रचनागत वातावरणको तुलना भारतीय पूर्वोत्तरमा मेरो बुझाइको सीमाभित्रका कुराहरू अत्यन्त गाम्भीर्ययुक्त छन् । धन्यवाद प्रकाश दाइलाई यस्तो रचना पढ्ने अवसर प्रदान गर्नुभएकोमा ।
शङ्करः आत्मगाथाको प्रतिध्वनि
शङ्कर लामिछाने ताहाचलका रैथाने । उनको खास घर मेरो जन्मघरभन्दा दुई किलोमिटरको दूरीमा थियो, त्यहाँ पुग्ने सामर्थ्य मैले कहिले राखिनँ । किनकि मैले उनका कुनै रचना मनज्ञानले त्यतिबेलासम्म पढेकै थिइनँ र उनलाई कसरी चिन्ने । नचिनेका लेेखक मेरा निम्ति आकर्षण कहिले बनेन वा उनी भविष्यमा यति प्रिय लेखक होलान् भन्ने अन्तर्बोध मलाई कहिले कतै भएन । म सधैँ दृढ थिएँ, मान्छे मन परेपछि मात्र लेखक मनपर्छ भनेर । मलाई मान्छे मनपराउन साह्रै गाह्रो थियो र छ अझै पनि ।
सुजाता, एक पेग कोग्न्याक र नयाँ वर्ष
इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो ।
पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ….पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको ठूलो शिखरारोहण मानेको थिएँ र अझै पनि सम्झिन्छु, त्यस रात हामी केही साथीहरू एकसाथ बसेर फुटबल हेर्दै थियौँ ।
समानताको स्वर र असमानताको जित
यो वर्ष नेपाली आधुनिक सङ्गीतले १०१ वर्षमा प्रवेश गरेको छ भने यही वर्षबाट नारायणगोपालले गाउन सुरु गरेको पनि एकाउन्न वर्ष पूरा भएको छ । नेपाली सुगम सङ्गीतमा नारायणगोपालले गाउन प्रवेश गर्दा नेपालमा रेडियोको स्थापना भएको भर्खर १० वर्ष पुगेको थियो । १० वर्षे रेडियोमा आफ्ना साथी माणिकरत्न स्थापित र प्रेमध्वजको सङ्गीतमा गीत गाएर स्वर परीक्षामा उत्रेका गायक नारायणगोपालले पाँच वर्षभित्र रेडियो नेपालका एक स्तम्भ नारायणगोपाले सौभाग्य हासिल गरे
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
ऊर्दूका महाकवि गालिबले लेखेका छन् ,
थी खबर गर्म, कि गालिब के उडेंगे पुर्जे
देखने हम भी गए थे , प तमाशा न हुआ ।
यस्तै तमाशा हेरे नेपालीले देवकोटाकालीन नेपालमा । देवकोटा अघिल्लो शदीका यस्तै एक मिथक बने । उनको जीवन, जगत् र कृतिले नेपाल र नेपालीलाई अत्यधिक प्रभाव पारेको छ । उनले कविता गीत, निबन्ध सारा विधामा आफ्नो उपस्थितिलाई सदैव तज्जन्य आकर्षण दिए । उनी सर्वत्र, सदैव एक सरल प्राणीका रूपमा देखिए ।
- « Previous
- 1
- 2
- 3
- Next »
