“संकलित गद्यरचना” माथि एक पाठकीयता

सामाजिक सञ्जालमा भर्च्युअल चिनजानका धेरै अग्रज तथा समकालीन साथीहरू हुनुहुन्छ साहित्य क्षेत्रका। ती मध्ये एक मेरा आदरणीय अग्रज दाजु हुनुहुन्छ हरि अधिकारी।
Read More »“संकलित गद्यरचना” माथि एक पाठकीयता
सामाजिक सञ्जालमा भर्च्युअल चिनजानका धेरै अग्रज तथा समकालीन साथीहरू हुनुहुन्छ साहित्य क्षेत्रका। ती मध्ये एक मेरा आदरणीय अग्रज दाजु हुनुहुन्छ हरि अधिकारी।
Read More »“संकलित गद्यरचना” माथि एक पाठकीयता
खिइएर झ्याङप्वाल हुन लागेको,
अडेसोको ठाउँँठाउँबाट
दु:खका तिखा
दर्शिन ढुँगाहरुलाई निम्तो दिएर

केदार संकेत सुनुवारजीसँग मेरो दशक पुरानो चिनजान छ। शब्दसिर्जनाले भर्च्युअल दुनियाँमा भेटिएर हामी आजपर्यन्त न्यानो र आत्मीय मित्रतामा बाँधिएका छौँ ।
Read More »युद्ध साहित्यको नयाँ उचाइ “अफगानी रणमैदान”
कन्चट फुट्लाजस्तो भैरहेको थियो । साँघुरो कोठा जहाँ पर करिडोरबाट आइपुगेको दुई धर्सो मधुरो उज्यालोमा आफूलाई एउटा कुनामा पोको परेर थरथर काँप्दै गरेको पाई उसले । अचम्मको अस्तव्यस्तता थ्यो ।
ढुङ्गोले बजाउनेलाई फूलले मुसार्ने मान्छे होइन म,अकारण माफीको भारले किचिएरलचक्क निहुरिने अनिथप्पडको बदलामा थपडी पैँचो… Read More »होइन म
काम भनेको सबै नै गहारो हुन्छ । कुनै काममा मानसिक तनाव ज्यादा हुन्छ त कुनैमा शारीरिक कष्ट बढी तर हुन त सबैमा केही न केही गारो त हुन्छ नै । तर सबैलाई अप्ठ्यारा र समस्या आफ्ना जटिल लाग्छन भने सुबिधा र रम्झम अर्कैको धेरै लाग्छ ।
२८ अगस्त २०१० जिन्दगीका नरमाइला दिन मध्यको एक थियो । पुरा ३८ दिनको छुट्टिसकेर कर्मथलो(इजरायल) फर्किएको दिन । पछिल्लो पटक न्यानो र कसिलो अंगालो छुटाएर बाबा-छोरालाई अन्तिमपटक बिदाइका हात हल्लाएर लागेँ सामान चेकइनतिर । सपनाको मोती टिप्ने अनन्त रहरमा लामबद्द थिए अनगिन्ती नेपाली छोराछोरिहरू त्रिभुबन अन्तरराष्ट्रिय बिमानस्थलको बहिर्गमन बिभागमा । फेरि पछाडि फर्केर हेरेँ बाबा छोरा अँझै शिशामा आँखा टाँसेर मलाई हेरिरहेका रहेछन् ।
आज केही लेख्ने मुड चलेको छ तिम्रो बहानामा। तर सुरु कहाँबाट गरौँ! यति लामो बिछोडपछि पनि म केही लेख्नै सक्दिन तिम्रा लागि । किन थाहा छ? किनकि समयको पर्वाह नगरी, भौगोलिक दूरीको हरहिसाब नगरी तिमी हरदम मैमा छौ र म तिमीमा लपेटिएको हुन्छु । यो अटुट स्नेहको लहरोमा जेलिएपछि केही लेख्नै नसकिने रहेछ । तिमीलाई थाहै छ कुन बाध्यता र विवशताको मारमा परी म आजभन्दा ६ वर्ष पहिले तिमीलाई नाघेर ठुलो जहाजमा बसेर अपरिचित गन्तब्यतर्फ उडेको थिएँ । तिमीलाई छोड्दा आफ्नो दुधे बालक, मायालु पति र ब्रिद्दा आमालाई पनि त्यतै कतै छोडिराखेर यता बत्तीएको थिएँ । आजै जस्तो लाग्छ डाँकै छोडेर प्लेनभित्र पसेको, हेर्दाहेर्दै घर छुट्यो, परिवार छुट्यो, तिमी मेरो धरती छुट्यौ र लामो उडानसँगै तिमीमाथिको मेरो आकाश छुट्यो । तर पनि मैले त्यसबेला यतिधेरै गुनासो गरिन । तिमीलाई त केही भन्दै भनिन । आज यतिका पछि तिमीलाई नै भनेर केही शब्द जुटाउनुको कारण केही गुनासा र केही वाचा कसमका कुराहरू छन् जो आजै नभनी भएको छैन ।
ती दिनहरूमा म भागीभागी हिँड्थेँ । भरसक मान्छेका सामु नपर्नु परे हुन्थ्यो जस्तो लाग्थ्यो । हुनपनि कसले बाँकी राखेनन् मलाई त्यो प्रश्न सोध्नलाई । जस्को मुखमै पनि एउटै प्रश्न हुन्थ्यो “श्यामि! भनन! किन? त्यो घटनाको कारण के थियो ?”
घर, छिमेक, मेलापात, स्कुल, कलेज, जताततै सबै सबैले यतीसम्म हैरान बनाउथेकी कुनैबेला त भाउन्न भएर बान्ता नै होला जस्तो हुन्थ्यो । जस्ले पनोइ त्यही प्रश्न गर्थ्यो जुन प्रश्नको जवाफ म आँफैसँग थिएन । म आँफै अँध्यारो गुफामा थिएँ र खोज्दै थिएँ त्यही प्रश्नको जवाफ तर मलाई थाहा छैन भनेर कसैले पत्याउदैनथिए । कसैले पनि विस्वास गरेनन् । हरेकक्षण म आँफै सुन्यतामा सोधिबस्थेँ “हे भगवान! के हुन सक्थ्यो त्यो घटनाको कारण ?”
आधाजसो देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको आजको समयमा बैदेशिक रोजगारलाई नकार्न त के यो बिनाको अवस्था कल्पनासम्म गर्न सकिन्न । अँझै हाम्रो जस्तो विकाशशिल मुलुकमा त बैदेशिक रोजगार एक मेरुदण्ड नै बनिसकेको छ । आज चाहेर या नचाहेर लग्भग हरेक परिवारका कम्सेकम एक सदस्य त देश बाहिरै छन् । दैनिक सयौँको संख्यामा बेरोजगार नेपाली युवाजत्था मनभरि उज्यालो भबिस्यको कल्पना, आँखाभरि बियोगको आँशु र झोलाभरिरहरको गुण्टा बोकेर अन्तराष्ट्रिय बिमानस्थलको बहिर्गमन बिभागमा लाम लागिरहेका हुन्छन् । रहर बाध्यता र मनभरि अनेक त्रास भए पनि आँखामा त्योभन्दा कहालीलाग्दो बियोगको बादल ती सबैका अनुहारमा प्रश्ट देख्न सकिन्छ ।
आक्कल झुक्कल अफिसको ढोकैमा भेटिंदा म उसका आँखा नियाल्थें। अनगिन्ती अनुहारसँग यो आँखा ठोक्किन्छ तर केही खास अनुहारका खास आँखाहरूले मलाई तुरुन्तै कैद गर्छन । यसरी मेरा आँखालाई कैदी बनाउने अत्यन्त सीमित आँखामध्ये उसका ती दुई शान्त आँखा पनि थिए । सामान्य चिनाजानी थियो हामी बीच । म त्यो सामान्यलाई प्रगाढ बनाउने प्रयत्नमा थिएँ । एउटा नजानिँदो आकर्षणको सिर्सिरे बतासले मलाई हल्का छोएझैं भान हुन्थ्यो जसले उसलाई छुँदै आएको होला । उसका बोलीको मधुरता, उसका हाउभाउका शिष्टता ओहो! केही त छ उसमा । म अनुमानै गर्न सक्दिनथें उसका बारे । जहा त्यति चंचल हाउभाउ छ त्यहाँ भारी गम्भीरता पनि छ किन? निर्दोष ती आँखाहरूमा नछोड्ने तर बुझिनसकिने रहस्य भएझैं किन? तर असहज थियो त्यसरी एकाएक कसैमाथि गहिरो चासो राख्नु । एकोहोरो हेरिदिनु ।
गर्दिन भनेको काम गर्नु पर्ने, जाँदिन भनेको ठाउँमा जानु पर्ने’ सायद नियति ।
दशक पहिले एक मध्यान्हमा डटपेन, डायरी, सानो थोत्रो टेप रेकर्ड झोलामा बोकेर एक सहयोगीको साथमा पुगेको थिएँ परिचित संगीतकार बुलु मुकारुङज्यूको चाबहिलस्थित निवासमा । पत्रकारिताका ती दिनमा यस्ता भेटघाटको काम बाक्लै हुन्थ्यो उसोर कतिपय भेटघाट केवल ‘जागिरे’ साबित हुन्थे त कति चाहिँ अत्यन्त अर्थपूर्ण र अनुभबको अनुपम संगालो बन्थे । तीमध्ये बुलुजीसँगको भेट पनि एक अहम भेट साबित भएको थियो । जो आज पनि उतिकै सम्झन्छु । भेटमा गीत संगीतका, संघर्षका, अनुभवका र जीवनका अनेक पक्षमा गफिएका थियौं हामी ।
अग्लिएर चुच्चिएको धूपीको बोटमुनी बसेर एकतमासले गाडीको दोहोरी लत्तो हुइँक्याई नियालिरहेछ मोहन । गाडी त के भन्नु सबै चिल्ला कारैकारको ताँती । सफा फराकिला काला चिल्ला सडकमा धुवाँको नामोनिशाना बिनै मन्द आवाजमा सुलुत्त सुलुत्त चिप्लिरहेका कारहरूको ताँती हेर्दा उसलाई आफ्नै जीवनको अतित र वर्तमान फ्ल्यास्ब्याक भएझैँ लाग्छ । हिसाब गर्छ, परदेशिएको पनि आज ३ बर्ष पूरा भएछ । मोहन एक होनहार विद्यार्थी थियो । एक लायक छोरा थियो र एक जेहेन्दार अनि भद्र आफन्त थियो भलै गरिबीको खास्टो ओढेरै हुर्किएको थियो ।
अरु त थाहा छैन तर केही साल यताका नेपालीहरू जब जब दसैं भन्ने चाड नजिकिन्छ तब तब लगभग आधाभन्दा बेसी शाकाहारी बनिहाल्छन् । अझै यसो भनुँ बनिटोपल्छन् । तर साँच्चैमा होइन ! केवल आदर्श छाँट्ने बहानामा । यसो गर्नेमा हिन्दू अहिन्दू सबै पर्छन् तर स्वाभावैले अहिन्दू बेसी रहन्छन् ।
केही समय पहिले एक जना मित्रको बिहे भयो । उनी अहिन्दू हुन् । बिहेपछि खुशी बाँट्न बिहे समारोहका धेरै तस्बिर फेसबुकमा राखे । सबैले बधाई दिए । खुशी छछल्काए । राम्रै भयो ।
तीज फेरि आयो । मलाई मन पर्ने पर्वमा तिहारपछि तीज प्रमुख हो । मैले कहिल्यै भगवानजस्तो पति पाऊँ भनेर व्रत बसिन । तर रमाइलोको लागि बस्थेँ बिहे पहिले पनि कहिलेकाहीँ । बिहेपछि भने परदेश नलागुन्जेल नियमित बस्ने गर्थेँ । परदेशिएका यता केही साल भने अलग धर्मी, अलग बातावरण र परिवेशका कारण नियमित हुन सकेको छैन । जुनाबेला म व्रत बस्थेँ । त्यो पनि भगवानलाई खुशी तुल्याउन या त्यसबाट पतिको आयु लम्ब्याउन पटक्कै होइन । म पूर्ण आस्तिक हुँ तर मान्छेको कष्टसाध्य कर्मले भगवान प्रसन्न हुनुहुन्छ भन्नेमा मैले तबबाट विश्वाश गरिन जबदेखि म केही बुझ्ने भएँ ।
नदीमा बिध्वंसी उफान आउँदा वरिपरिको सबथोक बढारेर लैजान्छ । शक्तिशाली भूकम्पले सारा जग हल्लाइदिन्छ ।… Read More »मुसाको अन्तिम हाँसो