आधाजसो देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको आजको समयमा बैदेशिक रोजगारलाई नकार्न त के यो बिनाको अवस्था कल्पनासम्म गर्न सकिन्न । अँझै हाम्रो जस्तो विकाशशिल मुलुकमा त बैदेशिक रोजगार एक मेरुदण्ड नै बनिसकेको छ । आज चाहेर या नचाहेर लग्भग हरेक परिवारका कम्सेकम एक सदस्य त देश बाहिरै छन् । दैनिक सयौँको संख्यामा बेरोजगार नेपाली युवाजत्था मनभरि उज्यालो भबिस्यको कल्पना, आँखाभरि बियोगको आँशु र झोलाभरिरहरको गुण्टा बोकेर अन्तराष्ट्रिय बिमानस्थलको बहिर्गमन बिभागमा लाम लागिरहेका हुन्छन् । रहर बाध्यता र मनभरि अनेक त्रास भए पनि आँखामा त्योभन्दा कहालीलाग्दो बियोगको बादल ती सबैका अनुहारमा प्रश्ट देख्न सकिन्छ । जति नै बाध्यता बिवशता भएपनि, ‘आ! यो देशले के दियो र मलाई ?’ भने पनि अन्तमा एक पोको लुगा र एउटा हरियो राहदानी च्यापेर अन्तहिन सपनाको दुनियामा नित्तान्त कसैको चाकरी गर्न जाँदैछु भन्ने सम्झिँदै आफ्नो माटो छोडेर उड्नैलाग्दा भने हरेक नागरिकको हृदय बेस्सरी हल्लिन्छ एक भयानक सन्त्रासमा ।
दुखजिलो गरेर बाबुआमाले आज लगभग हरेक नेपाली सन्तानलाई थोरतिनो शिक्षा दिलाएकै हुन्छन् । जब ती आर्जित ज्ञानमा प्वाँख भरेर आफ्नै आकाशमा प्रबिधि र परिवर्तन्को कावा खाने खाने बेलाको सुरुवात हुन्छ तब तिसबैको हृदयमा बेरोजगारीको कालो बादलले ध्वाँसो पोतिदिन्छ । अनि वाध्य भएर त्यही ध्वाँसो पुछ्ने, पखाल्ने र टल्किने सपना बोकी तिसबैले देश् छाड्छन् र त्यसरी मुस्किलले आर्जन गरेको ज्ञान कहीं दूरदेशमा पराईको चरणमा चढाउन वाध्य पारिन्छन् । हामी कर्मशिल युवाकै हातले आज मध्यपूर्बका बन्जर मरुभूमि हरियाली बन्दैछ । हाम्रै पाखुराको बलले बिदेशि गगनचुम्बी महल ठडिएकाछन् । हाम्रै मेहनती हातपाखुराले बिदेशका गल्ली, बगैँचा, पार्क, बाटोघाटो, सपिङ्ग मल, अस्पतालका शौचालय र एअरपोर्टका भुइँ भित्ता टलक्क टल्किएकाछन् । हाम्रै बिराट हृदय र कोमल हातले बिदेशका रोगी बिरामी स्याहारिएका छन् र लामो र खुशीमय जीवन् बाँच्दैछन् । उता आफ्नो शहर फोहोरको थुप्रोमा पुरिनैलाग्दा हामी यता अर्काको भुइँ टल्काउन वाध्य छौं । उता स्याहार र गतिलो उपचार नपाई बितेका आफ्ना वयोवृद्ध मातापिताको दुखद खबरले भक्कानिँदै परेलीमा आँशु रोकेर यता अर्को रोगी बिरामीको लामो र स्वस्थ जीवनको लागि रातदिन लागिपरिरहेका हुन्छौँ । यो रहर हो भने सायद २५ प्रतिशत होला । बाँकी ७५ प्रतिशत चाहिँ बिकल्पहिन भयानक बाध्यता नै हो ।
यसरी रहरले कहरले बिदेशिएर पनि हरेक नेपाली युवाले कम्सेकम धेरैथोरै रेमिट्यान्स भए पनि देशलाई बुझाएकै छ । नहुनु मामाभन्दा कानोमामा जाति भनेझैँ देशको युवाशक्ति बिदेशिए पनि त्यसबाट आर्जित पैसाले कम्सेकम तिनका बाबुआमाले दुई पैसा देख्न पाएका छन् । तिनका परिवारले कम्सेकम केही मात्रामा सुधारिएको जिन्दगी जिउन पाएका छन् र तिनका सन्तानले कम्सेकम केही राम्रो शिक्षादिक्षा र उचित लालनपालन पाएका छन् । र समग्रमा तिनका जीवनस्तर केही त बदलिएको छ । यसरी भए पनि मन् बुझानुपर्ने अवस्था थियो र छ । तर आज यही मन बुझाउने बाटोपनी क्रमश: भत्किँदै गएको आभास हुन थालेको छ । बैदेशिक रोजगारबाट आर्जित ज्ञान, अनुभव र उकासिएको जीवनस्तरसङ्गै क्रमश: आज धेरै नेपालीको परिवार टुट्दै जान थालेको छ । धेरैको सपना तुहिन थालेको छ । धेरै बालबालिकाको अभिभावक छुट्टिँदैछन् र तिनका मस्तिस्कमा पारिवारिक दरारको नराम्रो घाउ लाग्दैछ । र यही टुट्नु र फुट्नु अनि एक्लिनुको पीडामा आज धेरै नेपाली एकांकी र अपराधी पनि बन्दैछन् । र तिब्र रुपमा आत्महत्या र हत्याको श्रीँखला बढ्दै गैरहेको छ । आखिर किन त यस्तो? यो समस्याको जड के हो? र यसको निदान कहाँ छ? यो आजको अत्यन्तै गम्भीर बिषय बनिसकेको छ । तर गम्भीर भएर सोच्ने हो भने यी तमाम समस्याको जड हाम्रै कमजोरी हो भने यो सबको समस्याको समाधान पनि हामीसँगै छ । हामी जो आफूलाई अलिकति शिक्षित मान्छौँ, जो आफूलाई केही बुझक्कड सम्झन्छौँ । हामीले यो बिषयलाई कतिको गम्भीर रुपमा लिएका छौँ? यसै प्रसंगको कुरो चल्दा भन्नेगर्छन कि ‘टाढा भएपछि यस्तै हो, ‘दुरिरहँदा अनेक शँका उपशँका उत्पन्न हुन्छन्’, ‘एकले अर्कोलाई बुझ्नै सकिन्न’, । यी भनाइहरू सत्य पनि हुन् तर यी नै उपरोक्त मुद्दाको अन्तिम् कारण र कारक अवस्य होइन । यो बिषयलाई केलौँदै जादा यस्तो लाग्छ कि देख्दा सामान्य लाग्ने यो बिषय निकै जटिल बनिसकेको छ । यसलाई बुझ्न सुक्ष्म देखि अती सुक्ष्म अनि जटिलभन्दा अती जटिल बिषयहरू बुझ्न, मनन गर्न र आत्मसात गर्न जरुरी छ । र त्यसको सुरुवात हामी प्रत्येकले आफैँबाट गर्नु जरुरी छ ।
भौगोलिक दुरी त हाम्रो अकाट्य बाध्यता भयो जसलाई हरहालमा स्वीकार्नु परिरहेको छ । तर मानसिक दूरी त हामी घटाउन सक्छौँ अवस्य । बुझ्नुपर्ने कुरो के हो भने मानसिक सन्तुष्टि र आनन्द शारिरिक आनन्दभन्दा कैयौँ गुणा सन्तोषजनक हुन्छ । भेटिनुको अर्थ, सङ्गै रहनुको मत्लब पनि त केवल दुइजाना बिच् हुने शारीरिक भोक निदान मात्रै होइन ।सँगै हुनु भनेको एक अर्कालाई सम्झने सम्झाउने बुझ्ने बुझाउने अप्ठ्याराहरूमा पार लाग्ने बाटाहरू पहिल्याउने र आत्मीय तागत दिँदै छातिमा टाँसेर हिम्मत र साहसको महसुस गराउनु हो । यो काम हामी दुरिमा रहंदा किन गर्दैनौँ? दिनानुदिन बढ्दै गएको प्रबिधीको प्रयोगलाई हामी गलत् काम र उद्देश्यको लागि प्रयोग गर्नुको साटो आफ्नो सम्बन्ध, विस्वास र भरोसा मजबुत बनाउन किन प्रयोग गर्दैनौँ? छुट्टीमा बाहिर निस्केर मान् भुलाउने बहानामा रित्याइने रक्सीका बोतल किन्ने पैसाको केही हिस्सा कलिङ्ग कार्डमा खर्च गरेर आफ्नाहरूसँग दुइचार बातचित गर्दै मान् हलुको बनाउन सकिन्छ । डिस्को छिरेर गन्दे नाचमा उडाउने पैसाले घन्टौँ भलाकुसारी गरेर सारा दुखसुख बाँट्न सकिन्छ । अनलाइनमा बसेर बित्थाको भद्दा फोहोरी मजाकमा फ्याँकिने समय आफ्नाहरूलाई दिएर नजिकै रहेको आभास दिलाउन सकिन्छ । र सकिन्छ कि “तिमी कुनै पनि मुस्किल समयकोलागि एक्लो छैनौ । म सँगसँगै छु ।” भनेर विस्वास दिलाउन सकिन्छ । अनि यो पनि सकिन्छ कि ‘मे जे छू तिम्रो कारणले छु । तिमी छौ र त म छु ।” भनेर महसुस गराउन सकिन्छ । मान्छे अपबादमा कोही जन्मजात मुर्ख र दैत्य होला तर लह्ब्गह सबै मान्छे आफ्नोपन नाई चाहन्छ । साथ् र माया अनि भरोसा चाहन्छ र चाहन्छ आत्मीय सम्मान् । त्यति पाएपछि नपग्लिने, खुशी नहुने र भरोसा कायम राख्न लागिनपर्ने मान्छे ज्यादै कम्ति हुन्छन् ।
नजिक रहन चाहनु भनेको शारीरिक आकर्षण मात्रै पटक्कै होइन । साथमा समय बिताउनु भनेको स्पर्शको लालच मात्रै अवस्य होइन । एकले अर्कोलाई समय दिनु या समयको चाह राख्नु शारिरिक संपर्क र सम्बन्धप्रतीको आशक्ति मात्रै हुँदैहोइन । हामी यहीँ निर चुक्छौँ एकले अर्कोलाई बुझ्न र सम्झन अनि भएबसेको गृहस्थी गर्ल्याम्गुर्लुम ढ्ल्छ हाम्रै आँखाअगाडि केवल एक धर्सो अहम र प्रतिशोधको कारण् । शरीरको मिलन हुनुभन्दा धेरै अगाडि मनहरू जोडिनु पर्छ । ह्रिदयको सच्चा सन्तुष्टि मनहरूकै मेलबाट निस्किने इमान्दार झङ्कारबाट मिल्छ । दुरी चाहे होस् या नहोस् तर एक अर्काको कुरा सुन्ने, सुनाउने, समस्याहरू जान्न उत्सुक भइदिने र ढाडस दिने गर्दा जिन्दगीका आधाउधी समस्या त्यसै समाधान भएर जान्छन् ।”तिमी कुनै पनि अप्ठ्याराहरूमा एक्लै छैनौ । हामी साथ्साथ हर दु:ख झेलौँला ।” यति सुन्न पाउँदा नै अनेक बिजयको महसुस हुन्छ र हिम्मत आफैँ उत्पन्न हुन्छ । तसर्थ जीवनको रथ सजिलोगरी गुडाउने प्रथम र मूल मन्त्र एकले अर्कोलाई समय दिने हो । त्यो समय भनेको भौगोलिक दुरीमा साथको मापन हुनेहोइन । एकअर्का प्रतिको चासो र देखभालमा गणना हुने हो ।
बाहिर रहनेले यो भुल्नु हुँदैन कि म किन यहाँ छु, केका लागि छु, कसकसलाई कुन कुन बाचा दिएर सपना र आशा देखाएर आएको हुँ । मैले चालेका कदम कदमले प्रत्यक्ष अप्रत्यक्ष कसकसलाई कस्तो असर पर्छ । के यो अवशर, पैसा, र आडम्बर संधै रहन्छ? के मैले अहिले चालेको यो कदम दीर्घकालीन सुखद रहला? के यो कदमलाई लिएर मैले जीवनको कुनै मोडमा पछुताउनु नपर्ला? म एक्लैको सोच, सपना र योजना अनि आँट र खाँचोले यहाँ आएको हुँ र आज यो बदलिँदो योजना एक्लै बनाउदै छु?
त्यसैगरी घरमा रहनेले पनि सोच्नु पर्छ कि मैले खर्च गरिरहेको पैसा उसले बोटबाट टिपेर पठाएको हो र? नचाहेको भए नपठाउन सक्थ्यो, आफ्नो परिवार, जिम्मेवारी र अथाह मायाले पो पठाएको हो । उता तर्तरी पसिना चुहाउदै हाम्रै लागि भनेर पराइको संसारमा मेहनत गरिरहेको बेला म कसरी यति स्वार्थि भै मनपरी गर्न सक्छु? हाम्रो साझा सपनाको लागि उता एक्लै तड्पिरहेको मेरो मान्छेको आत्मियता, आफ्नोपन र अनन्त माया यो पराइको एकछिनको सामिप्यता र सान्त्वनासँग तुलना हुन सक्छ? ===भनेर छातीमाथि हात राखेर सोच्नु पर्छ । किनकि हृदयको नजिकपन र अनन्त आफ्नोपन भौगोलिक दूरी र भौतिक भेटको हिसाबमा मापन हुँदैन । धेरै नजिक हुँदाहुँदै पनि मानसिक हिसाबमा माइलौं टाढाको अवस्था रहन सक्छ भने भौगोलिक दूरीमा कहाँ कहाँ रहे पनि मानसिक रुपमा आफ्नोपनको धर्सोमा बाँधिएर हरहमेसा साथै रहेजस्तो आभास बनाउन सकिन्छ ।
जून रहरले घर बनाइन्छ, माथि माथि पुर्याइसकेपछि त्यही घर गर्ल्याम गुर्लुम ढलेर आफैंलाई किचेर समाप्त गरेजस्तो जुन सपना देखेर घर छोडिन्छ, साथ् छुट्छ र एक्लै एक्लै भूगोलको दुई बेग्लै कुनामा पुगिन्छ अनि आफ्नो धरातल र आफ्नाहरूलाई नै घात गरेर छिन्नभिन्न हुनु भनेको आफ्नो मात्र नभएर कलिला निर्दोष नानीहरूको जिन्दगी पनि तहस नहस पार्नु हो । तसर्थ पैसा, धन सम्पती आवस्यक छ र त अलग्गिनु पर्छ तर त्यही पैसाकै मात लागेर अन्धो हुनु या सीमित समयको लागि शारीरिक समिप्याताको तिब्र आकांक्षामा संयमित हुन नसक्नुले गर्दा भगवानले दिनुभएको आशिर्वाद स्वरूपको गरिब सही भरपूर आफ्नोपनले भरिएको हराभरा गृहस्थी बिगार्नु भनेको जिन्दगीकै ठुलो चिट्ठा हातबाट गुमाउनु हो । किनकि भाग्यले निकै कन्जुस्याई गर्छ र एकाध पटक मात्रै दैलो चिहाउछ ।
सबैले सोचौं, धैर्य र संयम सिकौं । आजको बाध्यात्मक आवस्यकता “बैदेशिक रोजगार” को बहानामा केहीथोक पाएर सबैथोक गुमाउने गल्ती नगरौं ।
दीप्स शाह

धन्यवाद
दीप्स जी , अत्यन्त यथार्थपरक र सन्देशमुलक लेख लेख्नु भएकोमा धन्यवाद !
राम्रो लेख लेखेकी रहिछ मेरी
राम्रो लेख लेखेकी रहिछ मेरी बुनेले। बधाई।
dhanyebaad
दिप्स जी सारै नै सान्धर्बिक र सम्सायेमिक लेख लेखेर पस्किनु भएको मा हृदये देखिको धन्येबाद |मेरो सोचाई मा यो लेख पड्नु हुने जति पनि हुनुहुन्छ ,सबै लाइ त म भन्न सक्दिन तर पनि जो आफ्नो परिवार र आफन्त प्रति जान-अन्जान मा आघात गर्दै हुनुहुन्छ अथवा गरिरहनु भएको छ उहाँ हरु लाइ एक पल्ट अबस्ये झक-झाकाउने छ|
sarai ramro sandes deeps
sarai ramro sandes deeps shaha ji man paryo
sis tapaiko lekh le sarai nai
sis tapaiko lekh le sarai nai man chhoyo, feri pani yastai yastai lekh padhna pau tapailai hardik dhnyabadh , chitta bujhdo lekhko lagi , sathai pragatiko siv- kaamana !
Thanks
Thanks for reality in letter
dhanyabad!
Hearty thank you all respected for your inspirable compliment on my article. yours each word works on my writing as very writing tonic. thank you again!
hi
अत्यन्तै सम सान्दर्भिक लेख पदने मौका दिनु भएकोमा दिप्स जी लाई धन्यवाद !