Skip to content

चप्पलजस्ता साथीहरू

खिइएर झ्याङप्वाल हुन लागेको,
अडेसोको ठाउँँठाउँबाट
दु:खका तिखा
दर्शिन ढुँगाहरुलाई निम्तो दिएर

अभावको नाजुक सतहमा
चसचसी बिझाइरहने,
सामुन्ने मायाले भुतुक्क टाँसिएर
यात्रााहरुमा सँगै बाटाहरू नापेझैँ गरी
पछाडिबाट प्याट्टप्याट्ट हिलो छ्यापिरहने,
छाडिहाल्न नसकिने
साथै राख्दा बिझाइरहने
मेरा केही साथीहरू छन्
ठ्याक्कै पुरानो हात्तीछाप चप्पलजस्ता।

1 thought on “चप्पलजस्ता साथीहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *