Skip to content

राममा बिस्वास गरे


राममा बिस्वास गरे अन्तिम पटक
लाममा विश्वास गरे अन्तिम पटक

हेक्का राख मलाई लुक्यो भन्नेहरू
नाममा विश्वास गरे अन्तिम पटक

कहीँ जान्न पबित्र छ मेरो जन्मभूमि
गाममा विश्वास गरे अन्तिम पटक

एक पल्ट आस्था जगाई हेरे मैले
धाममा विश्वास गरे अन्तिम पटक

बिकाउ रहेछ मान्छेको माया सबै
दाममा विश्वास गरे अन्तिम पटक

1 thought on “राममा बिस्वास गरे”

  1. केशव बोहोरा

    विश्वास आखिर विश्वासै रहेछ
    विश्वास आखिर विश्वासै रहेछ , गरि राख्नु पर्ने जति गरे पनि नसकिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *