Skip to content

बालाई चिठी परदेशबाट

  • by


बा ! परदेश भन्ने बित्तिकै मन दुख्छ
परदेश सम्झने बित्तिकै ओठ, मुख सुक्छ
तर पनि म यहाँ छु
भित्र रोएर पनि बाहिर मुश्कुराएको छु
बा ! त्यहाँ त धान, गहु, तोरी झुलिरहेको होला
त्यहाँ त मखमली, सयपत्री, चमेली फक्रिरहेको होला
त्यहाँ त बारीमा, खेतमा माली गाई बाँ बाँ गर्दै घुमिरहेको होला
यहाँ त रेगीस्थानको बालुवाले छोप्छ
यहाँ त बिदेशीको प्रत्येक बोलीले घोप्छ
यहाँ त आफ्नै मनले थाकेर आफैसित रातभर बिलौना पोख्छ
बा ! अब त्यहाँ काउलो, पिपल पाउलिएर हरियो भयो कि
तराइबाट साहिलो दाइ पहाडमा गयो की
डाफे चरी, मयूरले खुशीले नाच्यो की
अग्ला हिमालहरूमा उसरी नै सेताम्मे हिउ पर्यो कि
बा ! यहाँ त केही छैन, सबै छ नक्कली
बा ! कोही छैनन् हामी जस्ता सक्कली
ढुंगे धारा, झरना, छहराको याद आउछ
मर्दा पर्दा सहयोगी पल्लो गाउको खल्बलेको याद आउछ
पुच्छार घरे मेरो साथी डल्लेको याद आउछ
तल्ला घरे ठूलीको याद आउछ
भेडा गोठाली जुनकिरीको याद आउछ
बा ! मैले लाउने छोटो भोटो र सुरुवाल
छकी छैन, त्यसको पनि याद आउछ
यहाँ त मन्दिरहरू छैनन्
र त मान्छेका मनहरू छैनन्
यहाँ त मान्छेहरूमा मानबता छैन
र त मान्छेहरू दानब जस्ता लाग्छन, मानब जस्ता छैनन्
बा ! म अब मेरै मेचीमा डुबुल्की लाउँछु है
मेरै महाकालीको पानी झिक्छु है
मेरै कोशीमा स्नान गर्छु है
मेरै बागमतीको जल शिरमा छर्छु है
मेरै रतुवामा कुलेसो खन्छु है
बा ! म अगाए पातालदेखि
म अघाएँ रेगीस्थानदेखि
म आउछु है
बा ! म साच्चीकै आउँछु है
किनकि –
मेरो माटो पर्खिरहेको छ मलाई
किनकि –
मेरो दोबाटो हेरी रहेको छ मलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *