ऊ अरूलाई चिन्दैन
ऊ अरूलाई मान्दैन
ऊ कसैको गल्ती पनि जान्दैन
(अरूको गल्ती जाने पनि बताउदैन)
फेसबुक वालमा एउटा मान्छे
अरू उसको तारिफ गर्छन्
अरू उसको प्रसंशा गर्छन्
लाइक गर्छन
कम्मेन्ट गर्छन्
उसको जन्म दिनमा
ढेर सारा शुभकामना
ढेर सारा लड्डुहरू, पोस्टकार्डहरू
उसको वालमा झुण्ड्याई दिन्छन्
ऊ चुप चाप बिना प्रतिक्रिया मख्ख पर्छ
फेसबुक वालमा एउटा मान्छे
मुर्खहरू
(माफ गर्नु होला, तपाइँ हामी सबै पो हौकी)
अझ भनौ अरू मुर्खहरू
बिना स्वार्थ पुलकित हुदै जान्छन्
मित्रताको पुल बाध्दै जान्छन्
ऊ अरूको तालीको
ऊ अरूको असल सोचको
अबज्ञा गर्दै जान्छ
फेसबुकवालमा एउटा मान्छे
र एकदिन
थाहै नपाइ
अरूले
उसले आफूलाई
साथीको लिस्टबाट
हटाउदा मात्र
एउटा वितृष्णाले घेरेको
महशुस गर्छन
एउटै मन ठानेको मान्छेबाट
धोका ठान्छन्
तर
यो
सबै कुराबाट
उसमा
कुनै तर्कना छैन
कुनै सतर्कता छैन
मानौ
सदियौदेखि
मौन ब्रत
धारण गरेर बसेको छ
फेसबुकमा झुन्डिएको मान्छे ।

रा्म्रो अनि समसामयिक कबिता लाग्यो ।
तपाईको यो कबिता आज भोलीको जिबन्त उदाहरण जस्तो लाग्यो , तेही भएर तपाईको नाम सहित फेसबुक कै मेरो एक पेज छ @प्रेमको डायरी नाम गरेको सो ,तेसमा मैले अनुमति बिना नै पोष्ट गरे ल । जस्लाई हेर्नको लागि यो पेजमा जानु होला http://www.facebook.com/Lovestory.Keshab अथवा पेजमा यो @-[305298979549858:ks]
@ पछिको- हटाएर हेर्नु होला धन्याबाद ।
फेसबुक वालमा एउटा मान्छे
नमस्कार!
मिठो कविता
निक्कै रोचक, दमदार।
बधाई-शुभकामना।
कुरोमा कुरो है:
अनावस्यक, तल्लो स्तरको मुख छाडेको गालि खाए पछि म पनि फेसबुक र अन्य ठाउँ, ईन्टरनेटमा चुप बस्न रुचाएको छु । अनि, ईमेल (मेसेज)मा कुरो गर्दा बाचिँदो रहेछ।