Skip to content

फोस्रा मान्छेले चिल्लो सपना

  • by


फोस्रा मान्छेले चिल्लो सपना तुन्छन
सोझालाई मास्न फेरि जालो बुन्छन

पोशाक फेर्छन्, बोली पनि फेर्छन्
कोहि छैन भन्दै आफ्नो मान्छे चुन्छन्

ठूलो कुरा गर्छनू, कपट लुकाई
गरीबको इच्छा तराजूमा थुन्छन्

ढुंगा, माटो सबै निल्थे हुने भए त
शिप नहुदा भाग्यलाइ गुन्छन्

फोस्रा मान्छे गमक्क अरु दुखी हुँदा
राम्रो भन्यो भने अर्कै कुरा सुन्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *