उचालेछौ टाकुरा त्यो
दह्रो रैछ पाखुरा त्यो
भाव तिम्रो मिठो थियो
गरिमाको आकुरा त्यो
बेरी हाल्छ बार बार
झारिदेऊ माकुरा त्यो
थान्ग्राहरू हालिदेऊ
बढ्छ होला लाकुरा त्यो
स्वादिलो पो बनाएछौ
पकाउँदा चाखुरा त्यो ।
अस्तु :
विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल : अबुधाबी, युएइ
