Skip to content

आऊ साथी पढेर (बाल-गजल)

  • by


आऊ साथी पढेर ठूलो मान्छे बन्नु छ
ज्ञानी, गुणी बनेर ठूलो मान्छे बन्नु छ

अल्छी बनी यसरी चुप बसी हुदैन
कर्तब्यमा जमेर ठूलो मान्छे बन्नु छ

कापी कलम सबै, मेरा प्रिय औजार
शब्द, शब्द रटेर ठूलो मान्छे बन्नु छ

आमा-बाको सपना धेरै शिक्षा लिओस्
मेहेनत कसेर ठूलो मान्छे बन्नु छ

मेरो देशको माया, साचेको छु मुटुमा
माटो सेवा गरेर ठूलो मान्छे बन्नु छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *