Skip to content

सुनाखरी भई तिमी फुलिदेऊ

  • by


जाही जुही सुनाखरी भई तिमी फुलिदेऊ
मेरो मन्को गमलामा सधैंभरि झुलिदेऊ,

फुलाउछु तिमीलाई यो दिलको बगैंचामा
बिहानीको आकास झैँ सदाबहार खुलिदेऊ,

सधैंभरि ढकमक्क सोभा दिंदै यी आँखामा
मन्मोहक सुवास बनी वरिपरी डुलिदेऊ,

तिम्रो काखको तकियामा निदाउँन पाऊँ जुनीभर
मेरो नयन भित्र बसी अरु सारा भुलिदेऊ,

तीर्थ “यात्री” पौडेल
लखनपुर३ झापा,नेपाल
हाल:बहराइन ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *