Skip to content

चौतारीमा ढुकी बसे

  • by


तिमी हिंड्ने बाटो हेरी चौतारीमा ढुकी बसे
आउँदाखेरि झुक्याउनलाई बरको रुखमा लुकी बसे,

सधै हाम्रो भेट हुने मानेडाँडा चौतारीमा
तिम्रो फोटो हातमा लिई केही क्षण रुकी बसे,

अतितले खेदिरह्यो सम्झना भई यी आँखामा
चर्कियो मुटु बेदनाले शान्त पर्न फुकी बसे,

विस्वासको मेरो टिको तिमीले लाउने बचन दियौ
समिपमा तिमी आउदा शर्माएर झुकी बसे,

तिर्थ “यात्री”पौडेल
लखनपुर,३ झापा,नेपाल
हाल:बहराइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *