म तिमी, तिमी र म
हामी प्रणाम समागमको पूर्व-तयारीमा
एक अर्कामा विलय छौ,
तिमी म, म र तिमी
तल माथि, माथि तल
म तिम्रो केशको छहारी ओढी
तिम्रै काख ओछ्याएर निदाउने बहानामा
सर्बांङ्ग सुम-सुमसुम्याउछु श-शरीर
तिमी मलाई नियाल्दै रमाउँछ्यौ
प्रथम रातको नौलो अनुभूति सम्झेर
अनायासै बनाएर एकाकार अधरहरू,
न्यानो स्पर्समा समाहित गर्दै आफैंलाई,
आधिपथ्य जनाएर ममाथि
हुंगकार गरेर युद्ध-पिपासु बीरले
बियज उत्सब मनाए जसरी,
म विवश सहिदिन्छु,
तिम्रो नैसर्गिक अधिकारको
कदर स्वरूप,
हर बिसौनीमा
काल्पनिक सम्भोग गरेर
कोसौं टाढा तिमी र म
तीर्थ (यात्री) पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन

बधाइ छ, तीर्थ (यात्री) पौडेल
बधाइ छ, तीर्थ (यात्री) पौडेल भाइलाइ
बधाइ छ, तीर्थ (यात्री) पौडेल भाइलाइ। किवतामा ३ ठाउँमा प्रयोग गरेर ठाडै उदघोस भएका खुल्ला शब्दले गर्दा मात्रै कविता मध्यम खाल्को हुनपुगेको जस्तो देखिन्छ । तर पनि लेखकको लेखन भावना शैलीलाइ कविताले स्विकार गरेको अनुभव हुन्छ । यसैगरी लेखनियतामा निरन्तरता र लगनशीलता रहेमा तपाइँको सफलताले शिखर चुम्ने छ ।
– गोर्खेसाइँलो,
गजल कुटेरी, विशालमार्ग, नारायणगढ, चितवन ।
like mr Gorkhesailo said,
like mr Gorkhesailo said, except for a few places, the poem flows very well. i enjoyed reading it. hope to read more. keep going.
Suman
dami cha dai yo okabita chain
dami cha dai yo okabita chain sanchain nai dami cha