भानु आज म तिम्रो काल्पनिक सालिकनेर उभिएर
नेपाली भाषा साहित्यको आदि र तिमीलाई सम्झदै छु
तिमीले शुरु गरेको नेपाली साहित्य आज महासागर भएको छ
मानिसहरू माछा बनेर त्यसैमा डुबुल्की मार्दैछन्,
तिमी नेपाली भाषा साहित्यका आदिपुरुष हौ,
तिम्रो नामले मात्र पनि म आफुलाई गौरबशाली ठान्छु
तिमी नेपाली भाषा साहित्यको मुहान है
मोती जन्माउने
अनि आकाश हौ मोती चम्काउने,
भानु तिमी हर बिहानी उदाउने भानु हौ
नेपाली साहित्याकाशका, गोधुलिका भानु हौ
शीतलता बर्साउने ,
रामायण भएर भाचेका भानु हौ हर नेपालीका
मानसपटमा
बाँचिरहने छौ आदिदेखि आनादिसम्म
यो चराचर जगत रहेसम्म भानु बनेर,
तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल,
हाल:बहराइन,
