Skip to content

शिरफूल किन्नसम्म पैसा छैन

  • by


शिरफूल किन्नसम्म पैसा जोहो छैन अहिले
शिरफूल लाउँछु भनी हिंड्दा बाटो छेक्यौ पहिले,
के मुखले आउ प्यारी खाली हात भन
समाजको इज्जत राख्न चाहिदो रैछ धन,

बेचैनी छु म पनि त मिलनको आशमा
तिम्रै आँशु मात्र पाउँछु प्रत्येक गाँस गाँसमा
सम्झिरहन्छु तिम्रो न्यानो अंगालोको मात
कुदाएका तनभरि कोमल ती हात,

धनै ठुलो रैछ प्यारी पापी भने पनि
धन बिना कहाँ मन मान्दथ्यो अनि
पल्लाघरे ठुलीले चाहिं शिरफूल लाई भन्यौ
राम्रो साडी बनारसी लाउन पाइन् भन्यौ,

कर गर्यौ जान्न भन्दा बिदेश जानलाई
बिदेशमा छ भिषा दिन्छ मेरो ठुलो भाइ
के गर्नु र यहाँ बसी चुरा टिको छैन
साहु महाजनको मेला नगई चुह्लो बाल्ने हैन ,

ढिपी गर्यौ धनै ठुलो सबैभन्दा ठानी
धन ठुलो हैन भन्यौ भइछौ नि ज्ञानी,
मेरो माया ममताको याद आएर हो कि
सम्झिएर मध्यरातमा बोलाउदै पो छौ कि

पर्खिएर दुई चार बर्ष धैर्य गरी बस
साहु काडी आको ऋण चुकाउनु त पर्छ
छोराछोरी साथ छन मन बुझाउने तिम्रो
मरुभूमि बगरमा को नै छ र मेरो,

तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *