Skip to content

सम्झनामा झर्यो आँसु


आज के भो के भो सानु सम्झनामा झर्यो आँसु
देश सम्झी बिदेशमा रुँदा रुँदै टर्यो आँसु,

देश बेच्दा बेईमानाले दु:ख लाग्छ कसो गरूँ
नमाने रै मेरो मन सिरानीमा पर्यो आँसु ,

एकान्तमा टोलाउँछु स्वदेशको याद आउँदा
थाहै हुन्न किन किन नयनले छर्यो आँसु ,

देशै आफ्नो रहन्न कि डर लाग्छ कता कता
त्यसैले त आँखा हुँदै मुटुतिर सर्यो आँसु,

तीर्थ “यात्री”पौडेल
लखनपुर ३,झापा, नेपाल,
हाल:बहराइन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *