पाथिभरा कन्चनजंघा शिरमा राखेर
मुसुमुसु हाँसेको छ तोक्मे बजार,
ताबाखोला, कालीखोला अविरल बग्ने
तमोर र कबेलीले अरु शोभा भर्ने,
निधारमा सधैंभरि सुके राखेर
मुसुमुसु हाँसेको छ तोक्मे बजार,
आफ्नै भाषा आफ्नै भेष रीतिरिवाज आफ्नै
देउसी भैलो मारुनी र बालनमा रम्दै
बिहे भोज चाड पर्बमा धनै नाचेर
मुसुमुसु हाँसेको छ तोक्मे बजार,
लालीगुराँस सुनाखरी फुल्ने लेकैभरि,
मुनाल र मैना चरी गाउने सधैभरि
बनैभरि घोरल र चित्तल नाचेर
मुसुमुसु हाँसेको छ तोक्मे बजार,
तीर्थ “यात्री”पौडेल,
लखनपुर ३ झापा,नेपाल,
हाल:बहराइन,
नोट:यो गीत मैले मेरो जन्म स्थान ताप्लेजुंगको सम्झनामा रचना गरेको हुँ ,
