कति राम्रो सुहाएको गुन्यु चोलीमा
मोहनी पो छ कि कान्छी तिम्रो बोलीमा,
कोरी बाटी चुल्ठीमा फूल सिउरेकी
सजाएर लैजाऊँ लाग्यो बेहुली डोलीमा,
निधारमा टल्काएर मनपरी टिका
सिन्दुर पोते लिई आऊँ झैँ भयो झोलीमा,
फूल बोकी प्रेम उपहार मलाई दिन हो कि
बसेकी छौ पर्खिएर तिमी टोलीमा,
तिरीथ”पौडेल
लखनपुर३ झापा,नेपाल
हाल:बहराइन,
