Skip to content

जन्मिएको ठाउ सम्झदै छु

  • by


जन्मिएको ठाउ आज सम्झदै छु साथी
नेपालकै नाउ आज सम्झदै छु साथी।

गुड छोडी टाडा टाडा चर्न गए पनि
जन्माउने माउ आज सम्झदै छु साथी।

दुखेको छ यांग-शिला खारा जलजलामा
बल्झिरहने घाउ आज सम्झदै छु साथी।

चौध हजार नेपालीका लाशमाथि टेकी
कुर्सी मार्ने दाउ आज सम्झँदै छु साथी।

तीर्थ”यात्री”पौडेल
लखनपुर३ झापा,नेपाल
हाल:बहराइन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *