Skip to content

श्रद्धा सुमन

  • by


कस्तो ठुलो विपद आमा! आज तिमीले देख्नु पर्यो
मैले पनि श्रद्धा सुमन अक्षरमा लेख्नु पर्यो ।

किन सधैं यान्त्रिक चरा यसरी नै झर्छन भनी
खाटी कुरा गहिरिएर बिज्ञहरूले खोज्नु पर्यो।

मौसमको खराबी वा यान्त्रिक खराबी हो
उडान भर्नुभन्दा पहिले संचालकले सोच्नु पर्यो।

पैसै मात्र सबैथोक सोच्दा कति ठुलो क्षति भयो
होइन भने बाध्य भई भाग्यसँग जोख्नु पर्यो।

तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा, नेपाल
हाल:बहराइन,

(२०६७/५/८ गते भएको अग्नि एअरको बिमान दुर्घटनाको शब्द-चित्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *