Skip to content

नन्दलाल आचार्य

ॐ विपरीताय नमः

  • by

देवी माता, हजुरको सेवकको यत्ति विन्ती सुनिदिनुपर्यो, बुझिदिनुपर्यो । मेरो आफ्नो नाम राख्ने रामकहानी सुनिदिनुपर्यो । सर्वदा कृपा गरी इहलोक र परलोक सपारिदिनु पर्यो । मप्रति गिद्धेदृष्टि लगाउनेका आँखा निकाली दिनुपर्यो । म मुखमा रामनाम जपेर बगलीमा छुरा राखी नेपाली जगत्को भलो गर्ने सेवकरामको रामकहानी बुझेर कृपा गर्दिनुपर्यो ।

समय अघि जाँदै छ । म पनि अघि नै गएँ भने मेरो मौलिकता कहाँ बच्छ र ? समय पूर्व लागेमा मैले पश्चिम लाग्नुपर्छ ।

‘भगजोगनी’को उज्यालोमा मधेश

  • by

कवयित्री झाका कविता सिर्जनाको भावभूमि भनेकै वर्तमान युगको चरम विसङ्गति, अतृप्ति, छटपटी र किंकर्तव्यविमूढता हो । उनका अधिकांश कविताले वर्तमान बोकेका छन्, विगतलाई झपारेका छन् र भविष्यलाई खबरदारी गरेका छन् । मानिसले भूतबाट पाठ सिक्दै एवम् समुनन्त भविष्य बनाउने आशावादी सोचका साथ वर्तमान समयको भरमग्धुर उपभोग गर्नुपर्छ । उनका धेरै जसो कविताले यसै भन्छन् । उनी हावामा महल ठड्याउँदिनन् । खोक्रो आदर्शको पछि दगुर्दिनन् । तर, समाजका कुरूप पाटाहरूलाई सर्वाङ्ग नग्न बनाउन समेत छाड्दिनन् । उनका कवितामा कोमल, करुण र हृदयस्पर्शी भाव पनि आएका छन् । खरा, दह्रा र मनमस्तिष्कमा आँधीबेहरी ल्याउने खालका विद्रोही स्वरहरू पनि परेका छन् । कतै काँचो शैली छ, कतै पाको शैली छ ।

मुर्कुचीका शेर्पा र पडरियाका मियाँ : एकै मनका दुई मूर्ति

  • by

चालीस वसन्त फुलाइरहँदा मैले अनेकन् मान्छेहरू भेट्टाएको छु । सानो मनको मान्छे म ठूलो पार्ने ध्याउन्नमा बेस्कन किचिन्छु । थिचिन्छु । कहिलेकाँही मुण्टो उठाएर हेर्छु, स्वार्थी संसारको एक पात्र आफूलाई भेट्छु । आफ्नै संसारलाई मतलव राखेन भने मुखमा माड नलाग्ने, मतलव राख्दा वैयक्तिक धरातल माथि उठ्न नसकिने अचम्भको लीलामा अल्झेको भेट्टाउँछु । मेरो सुझबुझले बुझेअनुसार मैले दुई ठाउँ एकै मनका मान्छे फेला पारेँ जो दुनियाँ पहिले सोचेर पछि आफूलाई सोच्दछन् । ‘हामी, हामी हुनुभन्दा पहिले नेपाली हौँ, त्यस पछि मात्र दुनियाँ थरी हौँ । नेपालीको कर्तव्य पूरा नगरी हामी भन्नुको तात्पर्य रहन्न । नेपाली बनी सकेपछि मात्र हामी कोही मधेसी बन्छौं, कोही पहाडी हुन्छौं र कोही हिमाली कहलिन्छौं । त्यसपछि मात्रै शेर्पा कहलिएलाऔं, मियाँ भनिएलाऔं ।’ भिन्न, भिन्न स्थान र समयमा दुबैको एक आवाज सुन्न पाउँदा म हर्षले चकित भएँ । मेरो पत्थर हृदय पुलकित भयो । ती दुई ग्रामीण महापुरुष हुन्– उदयपुर, मुर्कुचीका तेजनारायण शेर्पा ‘रञ्जन’ र सप्तरी, पडरियाका आसिन मियाँ ।

शिक्षक र शिक्षा वारेमा एकाध कुराहरू

  • by

प्रिय शिक्षक साथी,

आज म शिक्षा र शिक्षकको दिशा र दशाको गहिराइमा चुर्लुम्म डुबेको छु । म किनारमा जे लिएर निस्कन्छु, त्यसले मनमा आँधी ल्याउन सक्छ, घनघोर वर्षा ल्याउन सक्छ, मन अमिलो पार्न सक्छ, वितृष्णाको महल ठडिन सक्छ । म वर्तमान पढेर लेख्दै छु, भविष्य देखेर गन्थन अघि सार्दै छु । स्वाभिमानमा पर्न पुगेको चोटप्रति क्षमा चाहन्छु । जत्रो र जस्तो स्वाभिमान छ, त्यसैमा चोट पर्ने हो । चोटले दिमाख खुल्छ । चोटले दुनियाँ बदल्छ ।

यौन समस्या केन्द्रित ‘म र काठमाडौँ ’ : एक अवलोकन

१. कथाकार परिचय
विविध साहित्यिक पत्रपत्रिकाहरूमा निरन्तररूपमा कविता, कथा, लेखहरू लेख्ने कार्य गर्दै हेटौंडा जेसीस, कम्प्युटर एसोसिएसन नेपाल, मकवानपुर, हेटौंडा बजार लायन्स क्लव (संस्थापक अध्यक्ष), एमनेस्टी इन्टरनेशनल, बी.पी. आलोक अध्ययन मञ्चजस्ता विविध संस्थाहरूमा समेत संलग्न रहेर सामाजिक, सांस्कृतिक, साहित्यिक आन्दोलनमा अग्रणी भई जीवनरथ हाँकिरहेका हेटौंडा–४, बासुदेवमार्ग, मकवानपुरका साहित्यकार मनोज ढुङ्गाना नेपाली साहित्य धरोहर निर्माणका युवा योद्धा हुन् ।

ॐ ठगठाग युगाय नमः

  • by

सखडेश्वरी भगवती माता !

म भगवती पुत्रीको भक्तिभाव स्विकार गर !

–निवेदन गर्छु । सभक्ति शिर झुकाउँछु । मनमा स्वार्थ छ, त्यसैले पाउ पर्छु । जसो भन्छेऊ, त्यसै गर्न तत्पर छु ।

देवीका चरणमा सविनय नम्र निवेदन यो छ कि म भक्तिनी हुँ ।

उदयपुरमा एक मूर्तिभित्र पाँच मान्छे

  • by

वि.सं. २००२ बैशाख ११ गते नामेटार–३, चित्रेथानमा आँखा खोलेर रौता–९, मुर्कुचीमा साहित्यको कलम समाउँदै, चित्रकारिताको कुची पक्रदै, काष्ठकलाको छिनो समाल्दै, मूर्तिकलामा घुँडा धस्दै र आयुर्वेदमा जडीबुटी घोट्दै जीवनरथ हाँकिरहेका तेजनारायण शेर्पा ‘रञ्जन’लाई नचिन्ने र नजान्ने मान्छे विरलै होलान् । ‘पूर्णिमा’ (इ.सं. १९७०, हिन्दी, नेपाली, मैथिली कविता सङ्ग्रह), ‘रौता महारानी भगवती चिनारी’ (२०५३, काव्य), ‘अधुरो’ (२०५६, कविता सङ्ग्रह), ‘कविको कविता मनभित्र’ (२०६९, कविता सङ्ग्रह) गरी चार कृति नेपाली साहित्य मन्दिरमा समर्पण गरी साहित्य, कला र जडिबुटीका माध्यमबाट लोककल्याणको मार्गमा दर्बिलो पाइला टेक्ने शेर्पा देशभक्त नेपाली हुन् ।

देश हराउँदाको पीडा

  • by

प्रिय देश,

आज सबैतिर छुट्टी मिलाएको छु । तिमीसँग मनग्यै भलाकुसारी गर्नुछ । हिजोका पात्राहरू उल्टाउनुछ । भोलिका नक्साहरू पल्टाउनुछ । हक्कीसँग बोल्नुछ । ज्यान जोगिने गरी ध्यान राख्नुछ । तिमी मसँग छैनौ र हुँदैनौ पनि । तर, म तिमीसँग हिजो थिएँ, आज छु र भोलि पनि हुन कसरत गर्दै छु । म युग पक्रन खोज्दै छु । तिमीलाई इतिहास निर्माण गर्न लगाउँदै छु । अर्कै भाका र लयमा तिम्रा कुरा ल सुन–

पाठकसँगको जम्काभेटमा भलाकुसारी

  • by

श्रद्धेय पाठकवृन्द,

म जन्मिरहन चाहन्छु । म मरिरहन खोज्दछु । म कतै कतै जन्मेँ । म थोरै ठाउँमा मात्रै मरेँ । आफ्नै कारणले र आफ्नै रहरले ! रहरको खेतीको महाअभियानमा सफल हुन ज्यादै चर्को रहेछ । कतै न कतै धेरथोर त म मरेँ पनि मन भरिउञ्जेल मर्न सकेको छैन । तर, म लेख्दै छु । म बोल्दै छु । म हिँड्दै छु । र, यत्तिखेर तपाईंहरू सामु गन्थन अघि सार्दै छु ।

साहित्यका एक नशा – लेखबहादुर कार्की

  • by

म अहिले सम्झिरहेछु, सोचमा डुबेको छु र त्यो ध्वनि सुनिरहेछु–…नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिनँ र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ । मैले आम जनताका दुःख–वेदना लेख्ने र गाउने गरेको छु । हुन त मैले पाएको केही छैन, पाउने लालच राखेर संसार चहार्दै हिँडेको पनि हैन । तर पनि कतै न कतै केही न केही पाइरहेकै छु—कतै धम्की पाएँ, कतै गालीगलौज भेटेँ । कतै पागलको संज्ञा पाएँ त कतै मगन्तेको बिल्ला भेटेँ । कुनै कुनै सज्जन महानुभावहरूबाट भने मैले ठूलो सन्तोष पाएको छु ।

भाषा–साहित्यमा उदयपुरको चर्चा

  • by

(१) परिचय

यो जगत् सुन्दर हुनु र देखिनुमा भाषा–साहित्यले आधारभूत भूमिका खेलेको छ । मानवीय जीवनको प्रगतिको द्योतकका रुपमा भाषा–साहित्य चिनिन्छ । मानिसलाई मानव भनेर चिनाउने गहना पनि साहित्य नै हो । मुलुकको सभ्यता र संस्कृतिको परिचय त्यहाँको भाषा, कला र साहित्यले दिने गर्दछ । साहित्य समृद्धशाली छ भने त्यस देशको समुन्नतिमा ठोस टेवा पुग्छ । नेपाली साहित्यको विकासमा राज्यको देन न्यून छ तापनि केही कृतिले विश्व साहित्यसँग पौँठेजोरी खेल्ने क्षमता राखेका छन् ।

कथाकार मातृका कृत ‘कमरेड पाताल’ कथाको वस्तुवादी विश्लेषण

  • by

१. कथाकार परिचय

वेदना, ज्योति, प्रलेस, विजय शब्दविम्बजस्ता साहित्यिक पत्रपत्रिका निरन्तररूपमा सम्पादन कार्य गर्दै प्रगतिशील लेखक संघ, लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च, नेपाल साहित्यिक पत्रकार संघजस्ता विविध संस्थाहरूमा समेत संलग्न रहेर सांस्कृतिक आन्दोलनमा अग्रणी भई जीवनरथ हाँकिरहेका ठानागाउँ–४, थामखर्क, उदयपुरका साहित्यकार मातृका पोखरेल नेपाली साहित्य धरोहर निर्माणका नयाँ योद्धा होइनन् । उनको कथन छ– ‘समाजमा नङ्याउनु पर्ने मानिसहरू अझैसम्म पनि नाङ्गिन सकेका छैनन् । शोषण, अत्याचार र भ्रष्टाचारको भर्याङ्गमाथि चढेर बनेको ‘इज्जत र प्रतिष्ठा’ लाई समाजले अझैसम्म पनि आवश्यक घृणा गर्न सकेको छैन । अर्थात्, हामीले समाजलाई त्यो स्तरसम्म चेतना सम्पन्न बनाउन सकेका छैनौं । समाज रूपान्तरणका निम्ति भिन्न भिन्न क्षेत्रबाट क्रियाशील हामी सबैका लागि यो ठूलो चुनौतिको विषय हो ।’

नगरपालिका जग्गा महात्म्य

  • by

श्रीमान् नगर–रक्षक महोदय,

म धेरै कुरा जान्दिनँ । धेरै सोच्न पनि सक्दिनँ । जे जहाँ छ, त्यही देख्छु । नभएको देख्दिनँ । भएको छोड्दिनँ । लेख्न बसेँ भने भएको कुरा लेख्छु । नभएको कुरा लेखी कलमको निब खीयाउँदिनँ । आजलाई मात्र लेख्दिनँ । भोलिका लागि छाड्दिनँ । र, पो हैरानी थाप्लोमा लिएको छु । जानी–जानी आफ्नै कपाल दुखाएको छु । नपत्याए आफैं हेर्नुस् । चारैतिर चहार्नुस् । तपाईंको नगर कस्तो छ, आफैं अघाउञ्जेली प्रदक्षिणा गर्नुस् ।

एकांकी १४ – देश हराएको सूचना

  • by

पात्रहरू:
सूत्रधार : ४० बर्से खाइलाग्दो अधबैंसे
युवक : ३० बर्से जवान युवक
युवती : २८ बर्से युवती
वृद्ध : उमेर ५०/५२ तर बुढ्यौली देखिने आकृति भएको

क्रुर शासक विरुद्ध जिउँदा जनताको लडाइँ

  • by

कुरा हो, कथा हो २०५९ साल फागुन ९ गतेको । यस कथा व्यथामा विर्सनै नसकिने राम्रा नराम्रा प्रवृत्तिका पात्रहरू हुन्- दुःख सुखका खूल्ला दिलका क्षणिक सहयात्री क. असर्फी सदा जो अन्तरिम कालमा सभासद पनि भए, आशाराम चौधरी जसकोे हृदयमा पंक्तिकारले विशाल आकाश देखेको थियो, त्यो प्रेमपूर्ण मन र सहयोगी हातहरूलाई यो पंक्तिकार सलाम गर्दछ । उत्तम रुपाखेती (मेजर) जसको नेतृत्वमा यस पंक्तिकारले मृत्युसँग नजिकैबाट साक्षात्कार गर्ने मौका पायो । अर्का त्यस्ता महापुरुष जसको कृपा यस पात्रमा नहुँदो हो त यी शब्दहरू कदापि कतै पढ्न पाइन्नथ्यो, तत्कालीन एस. पी. नवीन अधिकारी । यस्ता पुरुषहरूको सल्लाह र सद्भाव अनुरुप विशेष गरेर आजका युवावर्ग हिँड्ने हो भने नयाँ नेपालको निर्माणका लागि दशकौँ दशक कुर्नु पर्दैन्थ्यो । ती सन्दर्भहरू कुनै समयमा अर्कै ठाउँ र परिवेसमा केलाउँने बाचा गर्दै यस पटक भने थोरै प्रसँग किसन पात्रका रुपमा अघि सारिएको छ ।

जन्म र मृत्युको चक्रीय खेल वारे पाठकलाई

  • by

श्रद्धेय पाठकवृन्द,

म जन्मिरहन चाहन्छु । म मरिरहन खोज्दछु । म कतै कतै जन्मेँ । म थोरै ठाउँमा मात्रै मरेँ । आफ्नै कारणले र आफ्नै रहरले ! रहरको खेतीको महाअभियानमा सफल हुन ज्यादै चर्को रहेछ । कतै न कतै धेरथोर त म मरेँ पनि मन भरिउञ्जेल मर्न सकेको छैन । तर, म लेख्दै छु । म बोल्दै छु । म हिँड्दै छु । र, यत्तिखेर तपाईंहरू सामु गन्थन अघि सार्दै छु ।

चिठी

  • by

टाढा टाढासम्म जान्छ चिठी
टाढाबाट फिर्छ चिठी
संसारको कुनाकुनासम्म
खबर पुर्याउँछ चिठी ।

भूल वा विर्सेको कुराको
सम्झना दिलाउँछ चिठी
समाचार ल्याउँछ सुखदुःखको
अमूल्य कहलाउँछ चिठी ।

लेखकलाई अत्यन्त जरुरी सूचना

  • by

-प्रिय लेखकज्यू !

-पारिश्रमिक पाइन्न, कमसल कुरा चाहिन्न ! लेख्नुस् र पठाइहाल्नुस् ! बन्दा लेखक बन्नुहुन्छ ! धन्दा नमान्नुस् !

कुरा सोझो गर्नुपर्छ । सपना ठीक्कको साँच्नुपर्छ । धर्ती नछाडी सगरमाथा टेक्नुपर्छ । मूल्य दिन मन छ, सित्तैमा लिने मन छैन । मूल्य तिर्न थालेँ भने पत्रिकाको प्रकाशक/सम्पादक हैन, झोली-तुम्माको मालिक हुनुपर्छ । साहित्यको उचाइ वृद्धि गर्न, परम्परा जिउँदो राख्न र तीतो पाटोलाई मीठोमा बदल्न भएको कुरा लेख्नै पर्यो ।